Comments Add Comment

नक्कली ट्रम्प र किमले सिंगापुरमा गरे वार्ता


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा हुने शिखर वार्ताको पूर्वसन्ध्यामा नक्कली ट्रम्प र किमबीच शिखर वार्ता भएको छ ।

सक्कली ट्रम्प र किमबीचको वार्ता निकै कडा सुरक्षाबीच गोप्य रुपमा हुनेछ । तर नक्कली किम र ट्रम्प एकाएक वार्ताको लागि प्रकट भएपछि सयौँ सिंगापुरेले शनिवार मनोरञ्जन प्राप्त गरे ।

मुख्य सहरस्थि बुगिस जंक्सन मलमा किमको क्यारिकेचर गर्ने चर्चित हंगकंगेली कलाकार होवार्ड एक्स तथा ट्रम्पको क्यारिकेचर गर्ने कलाकार डेनिस अलान एकाएक किम र ट्रम्पको भेषमा प्रकट भएपछि सबै मानिस ट्वाँ परे ।

मलभित्रै स्टेजमा दुईजना एक आपसमा भेट भए, हात मिलाए र अंगालो मारे । निकै व्यस्त मलभित्र ग्राहकहरुलाई हात हल्लाउँदै उनीहरु अगाडि बढेका थिए ।

मानिसहरु नक्कली किम र ट्रम्पको फोटो खिच्न आतुर थिए । तर उनीहरुसँग सेल्फी खिच्नका लागि भने एउटा एप डाउनलोड गर्नुपथ्र्यो र त्यसका लागि १५ सिंगापुर डलर तिर्नुपरेको थियो ।

पैसा तिरेर सेल्फी खिचेका मानिसहरुलाई धन्यवाद दिँदै नक्कली किमले आफ्नो मुलुक अहिले आर्थिक रुपमा टाट पल्टेको हुँदा दान रकम निकै काम लाग्ने बताए ।

दर्शकहरुले किम र ट्रम्पसँग ती कलाकारको भेष ९९ प्रतिशत मिल्ने बताएका थिए ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment