+
+

विश्वकपमा १२४ खेलाडी इंग्लिस लिगका, म्यानचेस्टर सिटीकै १६

म्यानचेस्टर सिटी, रियल मड्रिड र बार्सिलोनाका कुन देशमा को छन् ?

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २७ गते १६:१८

काठमाडौं । रसिया विश्वकपमा सहभागी हुने खेलाडीमा सबैभन्दा धेरै इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट खेल्ने १६ जना खेलाडी सामेल हुँदैछन् ।

एउटै क्लबबाट विश्वकपमा सहभागी खेलाडीको संख्यामा म्यान सिटीपछि स्पेनिस क्लब रियल मडि्रड रहेको छ । जसका १५ खेलाडी विश्वकपमा सहभागी हुँदै छन् ।

लिगका आधारमा हेर्दा इंग्लिस पि्रमियर लिग खेल्ने १ सय २४ खेलाडी विश्वकपमा सहभागी हुँदै छन् ।

यस्तै स्पेनिस ला लिगा खेल्ने ८१ खेलाडी, जर्मन बुण्डेसलिगा खेल्ने ६७ खेलाडी, इटालियन लिग सिरी ए खेल्ने ५८ खेलाडी, फ्रेन्च लिग वान खेल्ने ४९ खेलाडी रहेका छन् ।

यस्तै रसियन लिग खेल्ने ३६, साउदी अरेबियामा लिग खेल्ने ३०, टर्कीमा खेल्ने २२, मेक्सिकोमा लिग खेल्ने २२ र पोर्चुगलमा लिग फुटबल खेल्ने १९ जना खेलाडी विश्वकप खेल्दै छन् ।

कोस्टा रिका, इरान, पानामा, रसिया, साउदी अरेबिया र उरुग्वे टोलीमा रहेका कुनै पनि खेलाडी इंग्ल्याण्डमा व्यावसायिक फुटबलमा आबद्ध छैनन् । साथै सेनेगल र स्वीडेनमा घरेलु लिग खेल्ने एक खेलाडी पनि विश्वकप टोलीमा परेका छैनन् ।

म्यानचेस्टर सिटी, रियल मडि्रड र बार्सिलोनाका को को छन् ?

म्यानचेस्टर सिटी

निकोलस ओटामेन्डी – अर्जेन्टिना
सर्जिओ अग्युरो – अर्जेन्टिना
केभिन डि ब्रायन – बेल्जियम
भिन्सेन्ट कम्पनी – बेल्जियम
एडर्सन – ब्राजिल
ड्यानिलो – ब्राजिल
फर्नान्डिनो – ब्राजिल
गाबि्रयल जिसस – ब्राजिल
फाबियन डेल्फ – इंग्ल्याण्ड
जोन स्टोन्स – इंग्ल्याण्ड
केयल वाल्कर – इंग्ल्याण्ड
रहिम स्टर्लिङ – इंग्ल्याण्ड
बेन्जामिन मेन्डी – फ्रान्स
इल्के गुन्डोगन – जर्मनी
बर्नार्डो सिल्भा – पोर्चुगल
डेभिड सिल्भा – स्पेन

रियल मड्रिड

मार्सेलो – ब्राजिल
क्यासेमिरो – ब्राजिल
केलर नाभास – कोस्टारिका
लुका मोडरिक – क्रोयसिया
माटेओ कोवासिक – क्रोयसिया
राफेल भराने – प|mान्स
टोनी क्रुस – जर्मनी
अचरफ हाकिमी – मोरक्को
क्रिष्टियानो रोनाल्डो – पोर्चुगल
ड्यानि कार्भाजल – स्पेन
सर्जियो रामोश – स्पेन
नाचो फर्नान्डेज – स्पेन
इस्को – स्पेन
मार्को एसेनसिओ – स्पेन
लुकास भासकेज – स्पेन

बार्सिलोना

लियोनल मेसी – अर्जेन्टिना
थोमस भरमाइलिन – बेल्जियम
पाउलिन्हो – ब्राजिल
फिलिप कोटिन्हो – ब्राजिल
एरी मिना – कोलम्बिया
इभान र्‍याकिटिक – क्रोयसिया
स्यामुअल उमटिटी – फ्रान्स
उसमान डेम्बेले – फ्रान्स
मार्क एन्डे्र टेर स्टेगेन – जर्मनी
आन्द्रेस इनिस्टा – स्पेन
सर्जिओ बुस्केट्स – स्पेन
जोर्डि अल्बा – स्पेन
जेरार्ड पिके – स्पेन
लुइस स्वारेज – उरुग्वे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?