+
+

इजाजत लिनुपर्ने व्यवसायको दस्तुर २० प्रतिशत बढ्यो

रक्सी, चूरोट बेच्ने पाँचतारे होटलदेखि खुद्रा पसलसम्मको शूल्क वृद्धि

सुवास भट्ट सुवास भट्ट
२०७५ जेठ २७ गते १७:२२

२७ जेठ, काठमाडौं । सरकारले इजाजत लिनुपर्ने वस्तु तथा सेवाको दस्तुर बढाएको छ । राजपत्रमा सूचना जारी गर्दै सरकारले इजाजत लिनुपर्ने त्यस्ता बस्तु तथा सेवाको इजाजत दस्तुर वृद्धि गरेको हो ।

आन्तरिक राजश्व विभागका अन्तःशूल्क शाखा प्रमुख रामकुमार खतिवडाका अनुसार यस्तो दस्तुर औसत २० प्रतिशतले वृद्धि भएको छ । अन्तःशूल्क नियमावली-२०५९ मा १८ औं संशोधन गर्दै सरकारले नयाँ व्यवस्था थपेको हो ।

सरकारले मदिरा तथा इथानोल, चुरोट तथा सूर्तीजन्य वस्तुको उत्पादन, आयात, खरिद, बिक्री वितरणलगायतमा इजाजत र नवीकरणमा यस्तो दस्तुर बढाएको हो । यसको सूचना राजपत्रमा प्रकाशित भइसकेको छ ।

हेर्नुस् कति बढ्यो दस्तुर

विवरण   अहिले पहिले

– मदिरा र इथानोल उत्पादनतर्फ (प्रतिष्ठानका लागि)

स्पि्रट उत्पादन गर्ने १,९५,००० १,६०,०००
वियर उत्पादन गर्ने १,९५,००० १,६०,०००
ईथानोल उत्पादन गन १,९५,००० १,६०,०००
वाईन/व्राण्डी -फलफूलमा आधारितमात्र) ९६,००० ८०,०००
अन्य मदिरा  उत्पादनका लागि १,९५,००० १,६०,०००
चुरोट उत्पादन गर्ने प्रतिष्ठानको लागि २,४०,००० २,००,०००

– मदिरा बिक्री वितरण तर्फ (होटल, रेष्टुराँ तथा लजहरूका लागि)

पाँचतारे होटल ६०,००० ५०,०००
चारतारे होटल ४८,००० ४०,०००
तीनतारे होटल ३६,००० ३०,०००
दुईतारे होटल २४,००० २०,०००
एकतारे होटल १२,००० १०,०००
स्वदेशी मदिरा बोतल खोली बिक्री वितरण गर्ने पर्यटक स्तरका रेष्टुराँ तथा रिर्सोट ८५,०० ७,०००
स्वदेशी मदिरा बोतल खोली बिक्री वितरण गर्ने साधारण होटल, रेष्टुराँ र बार तथा लज ४,५०० ३,०००

मदिरा बिक्रेताका लागि

मदिरा वितरक ३६,००० ३०,०००
थोक वितरक २४,००० २०,०००
स्वदेशी तथा विदेशी मदिरा बिक्री गर्ने खुद्रा बिक्रेता १२,००० १०,०००
महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा स्वदेशी मदिरामात्र बिक्री गर्ने खुद्रा बिक्रेता ८,५०० ७,०००
महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाबाहेकका अन्य क्षेत्रमा स्वदेशी मदिरामात्र बिक्री गर्ने खुद्रा बिक्रेता ४,५०० ३,०००
डिर्पाटमेन्ट स्टोर्स २४,००० २०,०००

मदिरा निकासी तथा पैठारीकर्ताका लागि

विदेशी मदिरा र स्पि्रट पैठारीकर्ता ४८,००० ४०,०००
मदिरा निकासीकर्ता ६,००० ५,०००

– पैठारी तथा अन्य वस्तु खरिद बिक्री र उत्पादनतर्फ

विदेशी चुरोट र सिगार ४८,००० ४०,०००
सुर्ती तथा सुर्तीजन्य वस्तु -विदेशी) ४८,००० ४०,०००
पानमसला, चुरोट, खैती जर्दा, दश, सुर्ती, तथा सुर्तीजन्य वस्तु थोक बिक्री ७,२०० ६,०००
पानमसला, खैनी, जर्दा, दश, सुर्ती तथा सुर्तीजन्य वस्तु -चुरोटबाहेक) उत्पादन गर्नेका लागि १,२०,००० १,००,०००
चुरोट, खैनी, जर्दा, नश, पानपराग तथा पानमसला खुद्रा खरिद बिक्री गर्नेका लागि २,००० १,५००
विदेशी खुदो र गुँड पैठारी गर्नेका लागि १८,००० १५,०००
खुदो, गुँड र स्पि्रट खरिद बिक्री -निकासीसमेत) गर्नेका लागि ६,००० ५,०००
नेपालबाहिर चुरोट र अन्य सुर्तीजन्य वस्तुहरू निकासीकर्ता ६,००० ५,०००
माथि उल्लेख नभएका तर स्वदेशमा उत्पादन गर्दा अन्तःशूल्क लाग्ने वस्तुहरू पैठारी गर्नेका लागि १२,००० १०,०००

पावर क्रसर प्रयोग गरी उत्पादन हुने सख्खर (गुण), कालो सख्खर, रसकट उत्पादन गर्ने उद्योगका लागि

भर्टिकल रोलर प्रयोग गर्ने उद्योगका लागि -१० हर्स पारवसम्मको २४,००० २०,०००
भर्टिकल रोलर प्रयोग गर्ने उद्योगका लागि -१० हर्स पारवभन्दा बढीको) ४८,००० ४०,०००
–    माथि प्रकरण १,२ र ३ मा उल्लेख भएकाबाहेकको हकमा प्रतिष्ठानको स्थिर पूँजीका आधारमा प्रत्येक एक लाख रुपैयाँ स्थिर पूँजी भएको प्रतिष्ठानलाई ६० रुपैयाँका दरले उत्पादन इजाजतपत्र दस्तुर उत्पादन इजाजतपत्र दस्तुर लाग्ने । यस्तो इजाजतपत्रमा दस्तुर न्यूनतम ८ हजार रुपैयाँभन्दा कम र अधिकतम् ४८ हजार रुपैयाँभन्दा बढी नुहने माथि प्रकरण १,२ र ३ मा उल्लेख भएकाबाहेकको हकमा प्रतिष्ठानको स्थिर पूँजीका आधारमा प्रत्येक एक लाख रुपैयाँ स्थिर पूँजी भएको प्रतिष्ठानलाई ५० रुपैयाँका दरले उत्पादन इजाजतपत्र दस्तुर उत्पादन इजाजतपत्र दस्तुर लाग्ने । यस्तो इजाजतपत्रमा दस्तुर न्यूनतम ७ हजार रुपैयाँभन्दा कम र अधिकतम् ४० हजार रुपैयाँभन्दा बढी नुहन

दस्तुरसम्बन्धी यो व्यवस्था दूर्गम क्षेत्रका फलफूलमा आधारित वाइन तथा मदिरा उद्योगका हकमा ७५ प्रतिशत कम लाग्नेछ ।

यस्तो नयाँ व्यवस्थासँगै सरकारले इजाजतपत्रवालाले पालना गर्नुपर्ने सर्तहरू पनि ल्याएको छ । जसमा प्रत्येक आर्थिक वर्षको साउन महिनाभित्र नवीकरण गराइसक्नुपर्ने र इजाजतपत्र सबैले देख्नेगरी कारोबारस्थलमा राख्नुपर्ने व्यवस्था गरेको छ ।

यसपटक सरकारले मदिरा, चुरोट तथा सूर्तीजन्य वस्तुको कारोबार गर्ने व्यवसायीले पालना गर्नुपर्ने सर्त पनि ल्याएको छ । जसअनुसार होटल र रेष्टुराँबाहेकका मदिराको कारोबार गर्ने इजाजतपत्रवालाले त्यसवस्तुकोमात्र कारोबार गर्नुपर्ने, दैनिक उपभोग्य वस्तुको कारोबार गर्ने व्यवसायीले इजाजतपत्र लिई उपभोग्य वस्तुभन्दा अलग्गै बिक्री स्थानबाट सूर्तीजन्य वस्तुको कारोबार गर्नुपर्ने व्यवस्था गरिएको छ ।

डिर्पाटमेन्ट स्टोरले मदिरा, चुरोट र सुर्तीजन्य वस्तु विक्रीको प्रयोजनका लागि अलग्गै बिक्री कक्ष व्यवस्था गर्नुपर्ने उल्लेख छ । १८ वर्ष उमेर नपुगेका व्यक्तिलाई मदिरा, चुरोट र सुर्तीजन्य वस्तु खरिद बिक्री गर्ने कार्यमा लगाउन नपाउने, गर्भवती महिलालाई मदिरा खरिद बिक्री गर्न/गराउन नपाउने व्यवस्था गरिएको छ ।

त्यस्तै, बिहान १० बजेदेखि राति १० बजेसम्ममात्र मदिराको बिक्री वितरण गर्नुपर्ने, प्रत्येक बोतलको बिर्को र बोतलमा पर्ने गरी अन्तःशूल्क टिकट टाँसी निष्कासन गर्नुपर्ने, वण्डेड वेरहाउसले कुटनीतिक सुविधाप्राप्त व्यक्ति, संस्था वा नियोगलाई मात्र बिक्री गर्नुपर्ने लगायतका व्यवस्था गरिएको छ ।

इजाजतको यस्तो शूल्क वृद्धिले वाषिर्क २० करोडसम्म राजश्व बढ्ने विश्वास विभागले लिएको छ । उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने वस्तुको इजाजत र कर सरकारले वर्षेनी वृद्धि गर्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?