Comments Add Comment

टि्वटरमा झुल्किए कपिल, कमब्याकबारे के भन्छन् ?

भारतीय कमेडियन कपिल शर्माका फ्यान यतिबेला उनको निकै न्यास्रो मानिरहेका छन् । उनी टेलिभिजनमा नदेखिएको धेरै दिन भइसक्यो ।

डिप्रेसनले गाँजिएका कपिलले ल्याएको पछिल्लो शो ‘फेमिली टाइम विथ कपिल’ केही एपिसोडपछि नै बन्द भएको थियो । उनले अभिनय गरेको फिचर फिल्म ‘फिरंगी’ पनि फ्लप भयो । यस्तोमा कतिपयले कपिल शर्माको करिअर ‘द इन्ड’ भएको घोषणा पनि गर्न भ्याएका छन् ।

यतिबेला कपिल के गर्दै होलान् ? फ्यानहरुको यही चासोका बीच कपिल हालै टि्वटरमा झुल्किए । उनले आफ्ना शुभचिन्तकहरुसँग संवाद गरे र आफ्नो कमब्याकबारे बोले ।

कपिलले फ्यानहरुलाई धैर्य गर्न आग्रह गर्दै आफू चाँडै टेलिभिजनमा फर्किने बताएका छन् । तर, कहिले र कसरी भन्ने चाहिँ खुलाएनन् । साथै उनको स्वास्थ्यअवस्था बारेमा धेरैले गरेको प्रश्नमा कुनै जवाफ दिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment