बिहीबार, ७ असार, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki
Advertisment
SKIP THIS
Advertisment
SKIP THIS

मकाउमा नेपाली युवाको आत्महत्या प्रयास, कम्पनी र एजेन्ट दोषी

Suzuki
अनलाइनखबर


२८ जेठ, काठमाडौं । एजेण्टमार्फत १० लाख भन्दा बढी रकम बुझाएर मकाउ पुगेका एक नेपाली युवाले त्यहाँ पुगेको एक महिना नपुग्दै आत्महत्या प्रयास गरेका छन् ।

कम्पनी सुपरभाइजरको मानसिक यातना र मकाउ लैजाने एजेन्टले बेवास्ता गरेपछि २६ वर्षीय ईश्वर थिङले धारिलो हतियारले आफ्नै घाँटी रेटेर आत्महत्या प्रयास गरेको स्थानीय टेलिभिजनले जनाएको छ ।

एक महिना अघि मात्र थिङ नेपालका एजेण्ट विशाल थपलियामार्फत १२ लाख रुपैयाँ बुझाएर मकाउ गएका थिए । उनलाई मकाउ झिकाउन स्थानीय एजेन्ट तथा एनआरएन मकाउका कोषाध्यक्ष युवराज न्यौपानेले थपलियालाई डिमान्ड पठाएको बताइएको छ ।

मकाउको ग्लोबल सेक्युरिटीमा काम लगाउन समेत कम्पनी र एजेण्टले कमिसन लिने गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । कम्पनीका सुपरभाइजर फिलिपिनो नागरिक जोयले उनलाई काम गर्न गएकै दिनदेखि धम्क्याउने र मानसिक तनाव दिने गरेका थिए ।

उनी त्यहाँबाट जागिर छाडेर हिँडे अर्को व्यक्तिलाई ल्याउन पाइने भएकाले निरन्तर यातना दिएपछि नेपाली युवक थिङले ग्लोबल होस्टलमै आत्महत्या प्रयास गरेको स्थानीय प्रहरीले जनाएको छ । नेपालमा ऋण गरेर मकाउ पुगेका उनले काम गर्न नसक्ने र पैसा फिर्ता पनि नहुने भएपछि उनीसँग अरु उपाय थिएन ।

घाँटीको आधा भाग काटिएका थिङको स्थानीय सान्तेङ अस्पतालमा उपचार भइरहेको छ । मकाउमा एजेन्ट र कम्पनीको मिलेमतोमा कामदारसँग मोटो रकम लिएर बोलाउने र पछि पीडा दिएर निकाल्ने प्रचलन बढिरहेको छ ।

पीडितका परिवारले उनलाई मकाउ लैजाने एजेन्टमाथि कारवाहीको माग गरेका छन् ।

२०७५ जेठ २८ गते ८:४९ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

४ प्रतिकृयाहरू प्राप्त
  • Bishnu Shrestha लेख्नुहुन्छ    |   २०७५ जेठ २८ गते १२:४३

    I will not say much. I am eager to see the reaction of Dofe. If proven guilty, licence of such company should be revoked forever. And the Nepali in abroad who was involved in such illegal activity should be barred from entering Nepal for ever.

    9
    0
    Share

  • nayabichar लेख्नुहुन्छ    |   २०७५ जेठ २८ गते १३:३२

    Yo humanity upar ko ghor aparadh ho.

    2
    0
    Share

  • नारायणी भन्डारी लेख्नुहुन्छ    |   २०७५ जेठ २९ गते १३:०१

    सरकार मरिसक्यो, आज हर नेपालीहरु टुहुरा भएका छन् ।
    धिक्कार छ नेपाली हुँ भन्नुमा ।

    3
    0
    Share

  • Min Gurung लेख्नुहुन्छ    |   २०७५ जेठ २९ गते २०:१३

    Ma pani Macau ma 9~10 saal basen.Macau auta saanu Desh,3 lakh jati abadi bhaeko thaunma rojgaar kam matra ma payin6. teo pani yo barsa dekhi china le workers pathaune samjhauta bhaseke6 ra 3o hazar jati workers Macau aeske6n. Macau ma ahile Paisa kamaunu ko nimitta Macau ID kasari hansil garne ya ta ID wala lai dost banaera tesko naam bata Agency kholera Nepal dekhi dalal team marfat kaamdar sanga moto rakam ushul gari Macau ma leaune commision khel bhaeko chhan. Ra kaam daar lai kaam lagaayeta pani 1 saal pa6i visa thap nagari arko kaamdar lyaane khel bhaeko dekhieko 6n. yo hami le bujhnu par6.

    1
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this