Comments Add Comment

सिवानीको फेसन सेन्स


चलचित्र ‘कही कतै’बाट नेपाली चलचित्रमा भित्रिन लागेकी सिवानी गिरीको फेसन हिजोआज चलचित्र बजारमा चर्चित बनेको छ ।
कलाकार उमा बेबीकी छोरी सिवानीले भारतका केही सौन्दर्य प्रतियोगीतामा विभिन्न टाइटल पनि जितेकी थिइन् । उनै, सिवानी अहिले नेपाली चलचित्रमा खुट्टा राख्ने दौडमा छिन् ।

आफ्नै आमाको लगानीमा बनेको चलचित्रबाट चलचित्र क्षेत्रमा भित्रन लागेकी सिवानी हरेक कार्यक्रममा फरक फरक पहिरनमा सजिन रुचाउँछिन् । सिवानीको यो फेसन सेन्सको चलचित्र बृत्तमा चर्चा हुन थालेको छ ।

खुलेको पहिरनमा सजिने सिवानीमा धेरै चर्चित नायिकाहरुको भन्दा राम्रो फेसन सेन्स देखिन्छ । अब, उनले चलचित्रमा अभिनय कस्तो गरेकी छिन्, ‘कही कतै रिलिजपछि थाहा हुनेछ । फेसनले मात्र यो क्षेत्रमा टिकिदैन । तर, फेसन चर्चामा आउने एउटा राम्रो माध्यम भने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment