Comments Add Comment

खानेपानीको धारा जडानमा सिण्डिकेट

२८ जेठ, चितवन । भरतपुर खानेपानी व्यवस्थापन बोर्डले खानेपानीको नयाँ धारा जडानमा सिण्डिकेट लगाउन थालेको छ ।

एकद्धार प्रणाली लागू गराउन भन्दै बोर्डले नयाँ धारा जडानमा सिण्डिकेट लागु गराएको पाइएको छ । बोर्डले विगत ५ वर्षदेखि भरतपुर १० मा रहेको कार्यालय र कृष्णपुर वितरण केन्द्रबाट धारा वितरण गर्दै आएकोमा गएको बैंशाख ३१  गते एक सूचना जारी गरी कृष्णपुर वितरण केन्द्रबाट नयाँ धारा वितरणमा रोक लगाएको हो ।

नयाँ पानीको धारा जडानका लागि कृष्णपुर कार्यालय जानेहरु अहिले झण्डैं दुई किलोमिटर पर रहेको बोर्डको कार्यालयमा धाउन बाध्य भएका छन् ।

भरतपुर महानगरपालिका वडा नः ४, ५, ६,७ र ८ का स्थानीयहरु नयाँ धारा जडान र पानीको महसुल तिर्न कृष्णपुर वितरण केन्द्रमा जाने गरेका थिए ।

सेवालाई विकेन्द्रीत गरि जनतालाई सेवा दिनुपर्नेमा कमिसनको चक्करमा जनताले पाउँदै आएको सेवा कट्टौंती गरिएको आरोप एक कर्मचारीले लगाए । बोर्ड नयाँ धारा जडानका लागि पाँच हजार तीन सय रुपैंया लिदै आएको छ ।

कर्मचारीहरुले नै धाराको मिटर जडान र पाइप सम्वन्धी सामाग्रीहरु बाहिर आफैंले पसल राखेर बेच्दैँ समेत आएका थिए ।

कृष्णपुर शाखा र भरतपुर केन्द्रबाट यि दुवै आएका थिए । बोर्डका प्रशासकिय अधिकृत सञ्जय बराल र नायव सुब्बा महेश कोइरालाको उक्साहटमा कार्यकारी निर्देशक प्रजापति दाहालले जनताले पाउँदै आएको सेवा कट्टौती गरिएको जनाइएको छ ।

बोर्डको केन्द्रमा रहेका कर्मचारीहरुले गेट बाहिर रहेको सामुहिक हार्डवेयरबाट खानेपानीको मिटर र अन्य लाग्ने सामाग्री बेच्दैँ आएका छन् ।

भरतपुर महानगरपालिका वडा नः ७ का वडाध्यक्ष राजेन्द्रमणि काँफ्लेले बोर्डले जानीजानी जनतालाई दुःख दिने काम गरेको टिप्पणी गरे । ‘सेवा सुविधा बिस्तार गदैं जानुपर्नेमा बिकेन्द्रीत गर्ने काम भयो,’ वडाध्यक्ष काफ्लेले भने, ‘यथाश्यक छिटो हटाइएको सेवा सुरु नगरे जनता लगेर बोर्ड कार्यालय घेर्छु ।’

बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले नयाँ धारा जडानका लागि बोर्डको कार्यालयमा एकपटक आउँदा केही फरक नपर्ने बताए । उनले केही कर्मचारीहरुको सरुवा गरेपछि सेवा सञ्चालन गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment