Comments Add Comment

रणवीरको चर्चाले रन्थनिए सलमान, ‘पाठ सिकाउन’ यस्तो योजना


बलिउड अभिनेताहरु सलमान खान र रणवीर कपुरबीच लामो समयदेखि पानी बाराबर छ । यसको कारण अरु केही नभएर कटि्रना कैफ हुन् ।

कटि्रनाको पहिले सलमानसँग डिफ लभ थियो । तर, उनीहरुको प्रेम टुट्यो र कट्रिना रणवीरसँग लहसिन थालिन् । आफूभन्दा जुनियर हिरोले आफ्नो गर्लफ्रेन्ड खोसेपछि सलमानको आत्मसम्मानमा धक्का लाग्यो । त्यही रिसले गर्दा अहिलेसम्म उनी रणवीरले फुटेको आँखाले पनि हेर्न चाहँदैनन् । त्यसो त रणवीर र कट्रिनाको प्रेम पनि उहिल्यै टुटिसकेको छ । तर, पनि सलमानको रिस मरेको छैन ।

यतिबेला सलमानको फिल्म ‘रेस ३’ र रणवीरको फिल्म ‘सञ्जु’ प्रदर्शनको संघारमा छन् । दुवै फिल्मको पब्लिसिटी जोडतोडले भइरहेको छ । मिडियामा भने रेस ३ को भन्दा सञ्जुको हाइप बढि देखिएको छ । सञ्जुको ट्रेलर रिलिज भएपछि रेस ३ ओझेलमा परेको स्वयम् सलमानले महसुस गरेका छन् र यसले उनी रन्थनिएका छन् । यसबाट रणवीरप्रति उनको पुरानो वैमनश्यता झन् चर्किएको छ ।

रेस ३ र सञ्जु एक हप्ताको अन्तरालमा रिलिज हुँदैछन् । यदि सञ्जुको व्यापारले रेस ३ लाई उछिनेको खण्डमा सलमानलाई ठूलो धक्का लाग्नेछ । त्यसैले उनी यतिबेला औधि चिन्तामा छन् । उनी आफ्नो फिल्मको सफलताको कामना जति गरिरहेका छन्, त्योभन्दा बढि सञ्जुको असफलताको कामना गरिरहेका छन् ।

यसैबीच रणवीरसँग प्रतिशोध साँध्न सलमानले अर्को योजना बनाइरहेको बुझिएको छ । उनी आफ्नो अर्को फिल्म दबंग ३ लाई रणवीरको आगामी फिल्म ‘ब्रम्हास्त्र’सँग जुधाउने सुरमा छन् । तर, यसरी जुधाउँदा उल्टै आफ्नो फिल्मले मार खान सक्ने विषयमा चाहिँ उनले सोचेका छन् कि छैनन् कुन्नी ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment