Comments Add Comment

सिभिल बैंकको बचत खातामा १० र मुद्दतीमा १२.२२ प्रतिशत ब्याजदर

२९ जेठ, काठमाडौं । सिभिल बैंक लिमिटेडले सर्वाधिक ब्याज पाइनेे बचत खाता योजना “चन्द्रसूर्य बचत खाता” ल्याएको छ । बैंकले यस बचत खातामा सर्वाधिक १० प्रतिशत वाषिर्क ब्याजदर प्रदान गर्नेछ ।

न्यूनतम मौज्दात १०हजार रहेको यस बचत खातामा ग्राहकहरुका लागि निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, चेक बुक, एसएमएस बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, लकरको वाषिर्क शुल्कमा शतप्रतिशत छूट तथा पाँचलाखसम्मको दूर्घटना मृत्यु/अपाङ्गताको निःशुल्क बीमा हुनुका साथै ग्राहकहरुलाई ग्राहकहरुकै घरदैलोमा गई सेवा प्रदान गरिने बैंकले जनाएको छ ।

त्यसैगरी आफ्ना ग्राहकहरुलाई उच्च प्रतिफल दिने क्रममा २२२ दिने मुद्दती खातामा १२.२२ प्रतिशत वाषिर्क ब्याजदर प्रदान गर्ने भएको छ, जसमा न्यूनतम मौज्दात तीन लाख छ ।

सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा/योजनाहरु प्रदान गर्दै जाने बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment