Comments Add Comment

ट्रम्पको विशेष गाडी हेरेपछि मुस्कुराए किम


२९ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिखर वार्तामा केही समय निकालेर उत्तर कोरियाली नेता किम जोङ उनलाई आफ्नो लिमोजिन गाडी देखाएका छन् ।

दुई नेताबीच सिंगापुरको सान्तोषा आइल्याण्डमा ऐतिहासिक भेटवार्ता भएको थियो । पहिलो चरणको वार्तापछि दुई नेता लञ्चका लागि गए ।

लञ्चपछि ट्रम्प र किम अर्को वार्ताको लागि जाँदै थिए । तर, अमेरिकी राष्ट्रपति ट्रम्प पूर्व योजना बिना नै ठूलो आर्मर्ड गाडीको अगाडि रोकिए र उत्तर कोरियाली नेतालाई आफ्नो गाडी देखाउन लगे ।

भिडियो फुटेजहरुमा विश्व नेताहरु अमेरिकी झण्डावाल लिमोजिनतर्फ बढिरहेको देख्न सकिन्छ । ट्रम्पले गाडीतर्फ संकेत गरेपछि एक सेक्रेेट सर्भिस एजेन्टले गाडीको ढोका खोलिदिए ।

गाडीको भित्री बनावट हेरेपछि उत्तर कोरियाली नेता मुसुक्क मुस्कुराए ।

काडिल्लाक कम्पनीले विशेषरुपमा डिजाइन गरेको यो गाडी सैन्य आक्रमणबाट मात्र सुरक्षित रहँदैन, रासायनिक आक्रमणले पनि यसलाई कुनै असर गर्दैन र राष्ट्रपति सुरक्षित रहन सक्छन् ।

अमेरिकी राष्ट्रपति विदेश भ्रमण गर्दा पनि ‘द बिस्ट’ नाम दिइएको यो गाडी उनको जहाजमै बोकेर लगिने गरिन्छ ।

किम भने २० लाख डलर मुल्य पर्ने आर्मर्ड मर्सिडिज बेन्ज गाडी चढ्ने गर्छन्, जसमा एक शौचालयसमेत रहेको वासिङ्टन पोस्टले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment