मंगलबार, २९ साउन, २०७५
OnlineKhabar.com
Suzuki

जबरजस्तीकरणीको आरोपमा काभ्रेली समूहका डन ‘स्याल’ समातिए

आफ्नै रेस्टुरेन्टकी कर्मचारीलाई जबरजस्तीकरणी गर्न खोजेको आरोप

Suzuki
अनलाइनखबर

३० जेठ, काठमाडौं । काभ्रेली समूहमा अाबद्ध गुन्डा सञ्जिव लामा उर्फ स्याल जबरजस्तीकरणीको प्रयास गरेको अभियोगमा पक्राउ परेका छन् ।

काठमाडौंको दरबारमार्गस्थित नोला लाउञ्ज एण्ड बारका सञ्चालक उनले होटलकै कर्मचारी युवतीलाई बलात्कार प्रयास गरेको आरोप लागेको छ ।

पीडितको जाहेरीको आधारमा लामालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको महानगरीय प्रहरी वृत्त, दरबारमार्गका डिएसपी दानबहादुर मल्लले अनलाइनखबरलाई बताए ।

काभ्रेको दाप्चा स्थायी घर भएका लामा नेपाली कांग्रेसको महासमिति सदस्य पनि हुन् । उनी काभ्रेली समूहका तीर्थ लामाको निकट रहेको प्रहरी रेकर्ड छ ।

२०७५ जेठ ३० गते २०:२६ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this