Comments Add Comment

आँशु र पछुतोमा स्पेन, प्रशिक्षकको बर्खास्तीले पार्ला असर ?

काठमाडौं । ‘म यो पत्रकार सम्मेलन अन्त्य गर्न चाहन्छु । किनकी, अहिले हामी अन्त्येष्टि समारोहमा भए जस्तै छौँ । यस्तोमा हामीले शानदार विश्वकप यात्रा सुरु गर्दैछौं ।’

विश्वकप सुरु हुन एक दिन अगाडि प्रशिक्षक बर्खास्तीमा परेको स्पेनी टिमका कप्तान सर्जिओ रामोसले आफ्नो टिम के चाहन्छ भन्ने प्रष्ट संकेत गरेका छन् ।

यसका बाबजुद स्पेनी टिम प्रशिक्षक जुलेन लोपेटेगीको बर्खास्ती प्रकरणबाट मुक्त भइसकेको छैन । अहिले फर्नान्डो हियरो प्रशिक्षकको भूमिकामा छन् ।

स्पेनले आफ्नो पहिलो खेल शुक्रबार राति ११ः४५ बजे पोर्चुगलसँग खेल्दैछ । तर, बिहीबार लोपेटेगीलाई बर्खास्ती गरेको एक रात बितिसक्दा पनि सबैलाई उस्तै पछुतो थियो ।

पत्नी र तीन बच्चाहरुको साथ बर्नाबेउ रंगाशालामा पहिलोपटक सार्वजनिक हुँदा लोपेटेगीले आँशु लुकाउन सकेका थिएनन् । क्याप्टेन रामोस र प्रशिक्षक फनान्र्डो हियरोले पनि मड्रिडबाट ३ हजार माइल टाढा रुसमा भरिभराउ प्रेसकक्षमा पत्रकारका तिखा प्रश्नको सामना गर्दे थिए ।

पोर्चुगलसँग समूह चरणको खेल हुन २४ घन्टा अगाडि हियरो र रामोस भित्र छिर्दै गर्दा मन्द मुस्कानको साथमा आएका थिए ।

तर, सबैले लोपेटेगीको बर्खास्तीबारे कानेखुसी गर्दै गर्दा माइक्रोफोनबाटै सबैलाई यस कुरालाई छाड्न आग्रह गरिएको थियो । जहाँ प्रश्न नआए यस घटनालाई टार्न सकिन्थ्यो भन्ने महसुस सबैले गरेका थिए ।

तर, तीन साताअघिको दृश्य भने फरक थियो । हियरो क्यामेराको अगाडि मुस्कुराउँदै लोपेटेगीको प्रशंसा गरिरहेका थिए । लोपेटेगीले नेतृत्व गरेका २० खेलमा स्पेन अपराजित रहेको थियो ।

मुख्य कुरा रियल मड्रिडले मंगलबार लोपेटेगीले विश्वकप पछि युरोपेली च्याम्पियन्सको कमान्ड सम्हाल्ने घोषणा गरेपछि कुरा बिग्रिएको थियो । त्यो घोषणा अहिले नै गरीहाल्नुपर्ने हतारो थियो ? सहमतिमा बसेर विश्वकप पछि काम गर्न सकिँदैन थियो ?

लोपेटेगीले कुशल खेलाडीले भरिपूर्ण टिम सम्हालिरहेका थिए । उनले सन् २०२० सम्मको लागि नयाँ सम्झौतामा हस्ताक्षर गरेका थिए ।

स्पेनीस क्याम्पमा एक सातादेखि भएका अस्वभाविक घटनाहरु पछि हियरो टिमको नयाँ प्रशिक्षक बनेका छन् । उनले टिम अगाडि बढिरहेको बताए पनि धेरैले मिलेर बनाएको केही कुरा भने अवश्य बिग्रिएको छ ।

यो कथाको खलनायक को हुन् भनेर सबैले आआफ्नै दृष्टिकोणबाट सोच्न सक्छन् ।

तर, मुख्य कुरा रियल मड्रिडले मंगलबार लोपेटेगीले विश्वकप पछि युरोपेली च्याम्पियन्सको कमान्ड सम्हाल्ने घोषणा गरेपछि कुरा बिग्रिएको थियो । त्यो घोषणा अहिले नै गरीहाल्नुपर्ने हतारो थियो ? सहमतिमा बसेर विश्वकप पछि काम गर्न सकिँदैन थियो ?

हुन त यो आफैमा कुनै समस्या थिएन । तर, स्पेनीस फुटबल फेडेरेसनका अध्यक्ष लुईस रुबियालेसले यो कुरा सार्वजनिक हुनभन्दा पाँच मिनेट अगाडि मात्रै थाहा पाए । जानकारीमा नदिई त्यति ठूलो निर्णय ठीक पनि थिएन ।

बुधबार लोपेटेगीलाई बर्र्खास्त गर्ने निर्णय गर्नु भन्दा अघिल्लो रात रुबियालेस जम्मा तीन घन्टा मात्रै सुतेका थिए । उनी रिसाएको जस्ता देखिन्थे । उनको शब्दहरु पनि रोकिएका थिए । मस्कोबाट टिमको बेस रहेको क्रासोन्दरमा रातारात आएका थिए ।

उनका अनुसार उनलाई रुसी राजधानीमा मड्रिडबाट एक फोन आयो । त्यसपछि उनले त्यो खबर केही समय सार्वजनिक नगर्न मड्रिडसँग आग्रह पनि गरे । यसबीच उनले लोपेटेगीसँग सम्पर्क गर्ने प्रयास गरे र रोक्न खोज्दाखोज्दै पनि समाचार प्रसारण भैहाल्यो ।

यो आश्चर्यजनक समाचारबाट सबै स्तब्ध भएका थिए । स्पेनी खेल दैनिक मार्काले आफ्नो पाठकहरुलाई ट्ीवटरमा प्रष्टीकरण दिँदै यो विषय आफूले नउचालेको बतायो ।

त्यस्तै कथाको अर्को पाटो मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले बताएका छन् । उनले रुबियालेसले घमण्ड देखाएको र रियल मड्रिडको अपमान गरेको बताए ।

मान अपमान आफ्नो ठाउँमा छ । तर, जे कुरामा हतार नगरे पनि हुने थियो त्यसलाई रियल मड्रिडले केही समय रोक्न सक्नुपथ्र्यो ।

विश्वकप सुरु हुन भन्दा एक दिन अघि टिमको प्रशिक्षक बर्खास्त गर्दै गर्दा रुबियालेसले लोपेटेगीको उत्कृष्ट कार्यको प्रशंसा गर्न भने छोडेनन् । तर, उनले कोहि पनि नियमभन्दा बाहिर नरहेको बारम्बार दोहो¥याए ।

५१ वर्षका प्रशिक्षक स्पेनीस फुटबल एशोसिएसनको नियमभन्दा बाहिर गएर रियलसँग अनुबन्धित भएको आरोपमा हटाइएको हो ।

सोचीमा सेता हिमाल र निलो समुन्द्रको बिचमा समर्थकको विचार पनि बाझिएका छन् । कसैले ‘यो राष्ट्रिय टिम हो र यहाँ केही पनि कुरा लहडमा गरिँदैन’ भन्ने रुबियालेसको पक्ष लिएका छन् ।

त्यस्तै कसैले रुबियालेस सानो कुरामा पनि लचिलो नभएको भन्दै उनको आलोचना गरेका छन् । उनी थोरै व्यवहारिक भएको भए टिमलाई खासै हानी नगर्ने भन्दै उनलाई माफी दिन नसक्ने उनीहरुको तर्क छ ।

लोपेटेगीले विश्वकपको छनौटमा टिमको प्रदर्शनमा धेरै सुधार ल्याएका थिए । त्यसैले धेरैले उनको बर्खास्ती पछि टिमको प्रर्दशनमा कमी आउन सक्ने चिन्ता व्यक्त गरेका छन् ।

उनले गलत काम गरेको भए पनि उनलाई राख्दा विश्वकपमा खासै समस्या नपर्ने धेरैले बताए । तर, कुनै पनि समर्थकले रियल मड्रिड र पेरेजको कार्य सही भएको बताएनन् । मड्रिडले गलत गरेको उनीहरुको धारणा थियो ।

यो धेरै नै संवेदनशील समय थियो र यसले हामी सबैलाई दुःखी बनायो तर, म तपाईहरुसँग समस्यालाई अवसरको रुपमा उपयोग गर्ने र टिमलाई अझै बलियो र एकताबद्ध बनाउने वाचा गर्छु

सन् १९८२ देखि हरेक विश्वकपमा ड्रम बजाउँदै आएका स्पेनका एक पुराना फुटबल समर्थक मानोलोले भने, ‘सबै कुराको पछुतो मान्नु पर्छ । यहाँ रियल मड्रिड र लोपेटेगी दुवैको कमजोरी छ भन्ने प्रष्टै देखिन्छ । रुबियालेसले सहि निर्णय गरे ।’

रुबियालेसले यो निर्णयमा खेलाडीहरुको समर्थन छ कि छैन भन्ने बारेमा खुलाएनन् तर, यसपछि केही खेलाडीहरुले एकताको सन्देश दिने ट्वीट गरेका छन् । बिहीबार रामोस र रुबियालेस बीच विवाद सुरु भएको र पिकेले त्यसलाई समाधान गर्न खोजेको हल्लाहरु आएका थिए ।

अर्को सिजन लोपेटेगीको प्रशिक्षकत्वमा रियल मड्रिडमा कप्तानको भूमिका गर्ने रामोसले केही दिनयता चलेका हल्लाहरुलाई सम्बोधन गर्दै भने, ‘यो धेरै नै संवेदनशील समय थियो र यसले हामी सबैलाई दुःखी बनायो तर, म तपाईहरुसँग समस्यालाई अवसरको रुपमा उपयोग गर्ने र टिमलाई अझै बलियो र एकताबद्ध बनाउने वाचा गर्छु ।’

स्पेनको सबैभन्दा लोकप्रिय टिमको प्रशिक्षकको रुपमा नियुक्त भएका लोपेटेगीले मञ्चमा मड्रिडको लागि फोटो खिचाउँदै भने, ‘रुबियालेसले यो कुरा अर्कै तरिकाले गरेको भए राम्रो हुन्थ्यो । आमाको मृत्युपछि हिजो मेरो जीवनकै दुःखको दिन भयो, आज म खुसी नै छु ।’

स्पेनी टोलीको प्रशिक्षक हियरो रियल मड्रिडकै पूर्व डिफेन्डर हुन र उनी स्पेनी टोलीको पूर्व क्याप्टेन पनि हुन् । देश र क्लबको लागि आदर्श मानिने उनी अहिले ५० वर्षका भए ।

उनले यसअघि रियल ओभेडियोको प्रशिक्षक थिए । त्यसअघि उनले कार्लो एन्सेलोटीको सहायकको रुपमा रियलमा काम गरेका थिए र उनले वर्षौंदेखि पर्दा पछाडि बसेर स्पेनी राष्ट्रिय टोलिको लागि काम गरिरहेका छन् ।

उनी सन् २००७ देखि २०११ सम्म पनि स्पोर्टिङ डाइरेक्टरको रुपमा राष्ट्रिय टोलीमा आबद्ध थिए, जतिखेर स्पेनले लगालग युरोकप र विश्वकप उचालेको थियो ।

पत्रकार सम्मेलनमा सबैले कुरा गर्न खोजेको प्रश्न थोरै मात्रै थिए तर, स्पेनी प्रेस अधिकारीले फुटबलको बारेमा मात्रै कुरा गर्न आग्रह गरे ।

रामोसले अन्त्यमा भने, ‘हामीले आफ्नो कुरा खेलमार्फत मैदानमा देखाउने छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment