+
+

रुसमा समलिङ्गी जोडीमाथि सांघातिक आक्रमण, मुख्य दोष फिफाको !

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १ गते २०:०३

१ असार, काठमाडौं । रुसमा विश्वकपका बेला एक जोडी समलिङ्गीमाथि सांघातिक आक्रमण भएको छ ।

विश्वकपमा समलिङ्गी विरोधीको रुपमा चिनिने रुस र साउदी अरबको बीचमा खेल हुन भन्दा अघि फ्रान्सका एक ‘गे’ जोडीमाथि आक्रमण भएको हो ।

ओ डेभिरस र उनको नाम नखुलेको जोडी माथि आक्रमण भएपछि उनीहरुलाई सेन्ट पिटर्सवर्गको एक अस्पताल लगिएको छ । उनीहरु आˆनो देश फ्रान्सको राष्ट्रिय टिमको समर्थनमा रुस आएका थिए ।

पिंक न्युजका अनुसार जोडीमाथि एक्कासी आक्रमण भएको हो । साथै उनीहरुसँग भएको सबै सामान लुटिएको थियो । ओ डेभिरसको मस्तिस्कमा चोट लागेको आशंका गरिएको छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । विश्वकप अगाडि नै धेरैले समलिङ्गीहरु माथि अनुदार मानिने रुसमा उनीहरुलाई दुव्र्यवहार र आक्रमण हुने चिन्ता व्यक्त भएको थियो ।

यस्ता घटनाको लागि धेरैको दोष भए पनि मुख्य दोष फिफाको रहेको धेरैले बताएका छन् । मानवअधिकार हननको विषयमा उठ्ने गरेका सवालहरुलाई फिफाले बेवास्ता गरेको धेरैको आरोप छ ।

फिफाले समलिङ्गीहरु माथि आक्रमण हुन सक्ने खतरा भएको आयोजक देशमा फुटबल समर्थकलाई पर्याप्त सुरक्षाको आश्वासन समेत दिएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?