+
+

राष्ट्रकवि घिमिरे अस्पतालबाट डिस्चार्ज

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २ गते १६:५७
फाइल फोटो

२ असार, काठमाडौँ । स्वास्थ्यमा सुधार आएपछि राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्पतालबाट डिस्चार्ज भएका छन् ।

भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराएपछि पूर्णतया स्वास्थ्यमा सुधार आएको छोरा इन्दीवरले जानकारी दिए ।

राष्ट्रकवि घिमिरे बिहीबार अस्पतालबाट डिस्चार्ज भएका हुन् । ‘उहाँको सानो आन्द्राबाट भएको रक्तश्राव रोकिनुको साथै निमोनिया पनि पूर्णरुपमा निको भएको छ’ उनले भने, ‘पुनः एक हप्तापछि स्वास्थ्य परीक्षण गर्ने तय भएकाले अहिले नेपाल नआई दिल्लीमा नै बस्नु भएको छ ।’

उनका अनुसार राष्ट्रकवि घिमिरे अहिले भारतस्थित नेपाली राजदूतावासमा बसेका छन् । मेदान्त अस्पतालबाट उपचार गराएर आउनुभएका राष्ट्रकवि घिमिरेको पुनः सानो आन्द्राबाट रक्तस्राव हुन थालेपछि पुनः गत जेठ २१ गते उहाँ मेदान्त अस्पताल भर्ना भएका थिए ।

यसअघि जेठ ९ देखि १९ गतेसम्म मेदान्त अस्पतालमै उपचार गराइएको थियो । चिकित्सक डा रणवीर सुदको टोलीले उपचार गरेको थियो ।

सानो आन्द्राबाट निरन्तर रक्तस्राव भएपछि राष्ट्रकवि घिमिरे गत वैशाख २८ गतेदेखि अस्वस्थ भएका थिए। शुरुमा धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराएका राष्ट्रकवि घिमिरेको स्वास्थ्यमा सुधार नआएपछि भारत लगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?