Comments Add Comment

सन्नी लियोनीको पारिवारिक फोटो किन आयो विवादमा ?


पोर्न इन्डष्ट्री छोडेर बलिउडमा आएकी अभिनेत्री सन्नी लियोनीलाई भारतको ठूलै जनसंख्याले अझै पचाउन सकेको छैन । त्यसैले बारम्बार उनी विवादमा तानिने गर्छन् ।

सन्नी र उनका श्रीमान डेनियल वेबर अहिले तीन बच्चाका आमाबाबु बनेका छन् । अढाई बर्षकी निशा वेबरलाई उनीहरुले धर्मपुत्री बनाएका हुन् भने जुम्ल्याहा बच्चा असेर र नोहा वेबरलाई सरोगेसी माध्यमबाट पाएका हुन् । आफ्ना तीनवटै बच्चाहरुलाई उनीहरु खुबै माया गर्छन् ।

डेनियलले ‘फादर्स डे’ का दिन इन्टाग्राममा एउटा बोल्ड देखिने पारिवारिक फोटो हाले । फोटोमा सन्नी र डेनियलका साथमा छोरी निशा छिन् ।

फोटो यस अर्थमा बोल्ड छ कि आमा-छोरीले कुनै लुगा लगाएको प्रतित हुँदैन । यद्यपि, आमाको संवेदनशील अंग छोरीको शरीरले छोपिएको छ । डेनियलले चाहीँ तल जिन्स लगाएका छन् र माथी नांगै छन् ।

यही फोटोलाई लिएर अहिले उनीहरुको चर्को आलोचना भइरहेको छ । सानी छोरीसँग नांगै फोटो खिचाएको भनेर सन्नीको आलोचना भएको हो । यद्यपि, तस्वीर त्यस्तो आपत्तिजनक भने देखिँदैन ।

‘छोरीलाई पनि भोलि आफूजस्तै पोर्न स्टार बनाउने सुर छ कि क्या हो ?’ एक जनाले तस्वीरमा कमेन्ट गर्दै लेखेका छन् ।

कैयनले विभिन्न अपशब्द प्रयोग गर्दै सन्नी र डेनियललाई गाली गरेका छन् । यद्यपि, केही व्यक्तिहरु भने उनीहरुको बचाउमा पनि ओर्लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment