Comments Add Comment

वीरांगनाको ट्रेलर : बाँदरको हातमा बन्दुक

नारीप्रधान एक्सन फिल्म ‘वीरांगना’ को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्ममा शिल्पा पोखरेल र अनुपविक्रम शाहीले अभिनय गरेका छन् ।

आउँदो २९ असारमा रिलिज हुने यस फिल्ममा बाँदर र घोडालाई पनि खेलाइएको छ । बाँदरले बन्दुक बोकेर एक्सनमा उत्रिएको ट्रेलरमा देख्न सकिन्छ । अनुप र शिल्पा शशष्त्र प्रहरीको भूमिकामा छन् ।

उनीहरुबाहेक फिल्ममा पृथ्वीराज प्रसाई, धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, ध्रुव कोइराला, सुशील पोखरेल, अंशु थापा लगायत कलाकारहरु रहेका छन् ।

फिल्मको निर्देशन राजबहादुर सानेले गरेका हुन् । बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, बिमला भट्ट निर्माता तथा देव तामाङ सहनिर्माता रहेका छन् । फोर्थ आई मुभिजको ब्यानरमा यो चलचित्र निर्माण भएको हो ।

हेर्नुस् ट्रेलर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment