Comments Add Comment

डा. उपेन्द्र देवकोटालाई पत्नी र तीन छोरीले दिए दागवत्ती

५ असार, काठमाडौं । दिवंगत वरिष्ठ नशारोग विशेषज्ञ प्रा. डा. उपेन्द्र देवकोटाको मंगलबार अपरान्ह पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

सोमबार साँझ निधन भएका डा. देवकोटाको पार्थिव शरीरमा पत्नी डा. मधु देवकोटा, छोरीहरु मेधा, बसुधा र मञ्जरीले दागवत्ती दिए ।

देवकोटाको विद्युतीय माध्यमबाट शवदाह गरिएको छ । पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका देवकोटालाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएका थिए भने सशस्त्र प्रहरीको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

देवकोटा निवास हेपाली हाइटमा पत्नी र छोरीहरुले ७ दिन काजक्रिया गर्नेछन् ।

पित्तथैलीको क्यान्सरका कारण ६५ वर्षमा निधन भएका डा. देवकोटाको पार्थिव शरीरलाई मंगलबार विहान ८ बजेदेखि बाँसबारीस्थित न्युरो अस्पताल प्रांगणमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । उनलाई श्रद्धाञ्जली दिन उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, प्रदेश ३ कि प्रदेशप्रमुख अनुराधा कोइराला, विभिन्न राजनीतिक दलका नेताहरु, चिकित्सक, विभिन्न पेशाकर्मी र सर्वसाधारणहरु अस्पताल परिसर पुगेका थिए ।

निधनपछि देवकोटालाई उनको इच्छा अनुसार निधनपछि दौरा सुरुवाल, ढाका टोपी र कोट लगाइएको थियो । दिउँसो १ बजेसम्म अस्पताल परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको देवकोटाको त्यसपछि शवयात्रा सुरु गरिएको थियो ।

लामो समय बेलायतमा उपचार गराएका देवकोटा स्वदेशमै देहत्याग गर्ने इच्छा बमोजिम नेपाल फर्किएका थिए । उनको इच्छा अनुसार गत हप्ता गोरखास्थित आफ्नो जन्मघरमा लगिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment