+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

चिनियाँ रेल छिट्टै काठमाडौं पुग्ने राष्ट्रपति सीको विश्वास

अनलाइनखबर अनलाइनखबर
२०७५ असार ६ गते १६:०२

६ असार, बेइजिङ । राष्ट्रपति सी जिनपिङले चिनियाँ रेल छिट्टै काठमाडौं पुग्ने विश्वास व्यक्त गरेका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार भएको भेटमा राष्ट्रपति सीले नेपालको विकास यात्रामा साझेदार बन्न चीन तयार रहेको बताएका हुन् ।

पूर्वाधार विकास नेपालको प्राथमिकतामा रहेको भन्दै प्रधानमन्त्री ओलीले रेल्वे र उत्तर दक्षिण जोड्ने सडक तथा नाका खुलाउनुपर्नेमा जोड दिएका थिए । जवाफमा राष्ट्रपति शीले चिनियाँ रेल छिट्टै काठमाडौं पुग्ने विश्वास व्यक्त गरेका छन् ।

रेल्वे निर्माणबारे भोलि दुई देशबीच सम्झौता पनि हुँदैछ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार रेल्वबारे भइरहेको पूर्वसम्भाव्यता अध्ययन अगष्टमा सक्ने समझदारी हुन लागेको हो ।

[sam_list] पूर्वसम्भाव्यता अध्ययनपछि डेढ वर्षमा डीपीआर तयार पार्ने र त्यसको ५ वर्षमा रेल निर्माण सक्ने योजना छ । तर,  रेल्वे निर्माणको मोडालिटी टुंगिएको छैन । नेपालले नेपालले अनुदानमा बनाइदिन आग्रह गरेको छ ।

चीनले पूर्ण अनुदानमा बनाउन नमाने केही अनुदान र केही सहुलियतपूर्ण ऋणमा भएपनि बनाउने सरकारको योजना छ । यो रेल नाफा घाटा भन्दा पनि रणनीतिक महत्वको भएको भन्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘मोडालिटीबारे हामी छलफलमै छौं । तर, हामी आफ्नो तर्फबाट पनि योगदान गर्न तयार छौं ।’

राष्ट्रपति सी नेपालले अघि सारेको प्राथमिकता र दृष्टिकोणको सानिध्यमा रहेको पाएको भन्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘छलफलबाट हामी उत्साहित छौं ।’

स्वागत गर्न आतुर छौं : ओली

भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई नेपालमा स्वागत गर्न आतुर रहेको बताएका छन् । सीले एसियाका धेरै देशको भ्रमण गरेको उल्लेख गर्दै उनले नेपाली जनताले पनि स्वागतको चाहना राख्नु स्वभाविक भएको बताएका छन् ।

नेपालमा स्थायित्व भएको र यो उपयुक्त समय भएको भन्दै शीले दुबैतर्फ अनुकुल समय मिलाएर नेपाल आउने बताएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?