Comments Add Comment

जर्मनी टिमको अभ्यासमा नयाँ शैली – ‘बेष्ट नेभर रेष्ट’

काठमाडौं । रुस विश्वकपको पहिलो खेलमै मेक्सिकोसँग अप्रत्यासित हार व्यहोरेको साविक विजेता जर्मनीका खेलाडीहरु बुधबार अभ्यासका क्रममा केही फरक देखिए ।

अभ्यासका क्रममा सबै खेलाडीले पछाडि ‘बेष्ट नेभर रेष्ट’ लेखिएको जर्सी लगाएका थिए । यसलाई खेलाडीहरुलाई अप्रत्यासित हारको पीडाबाट बाहिर ल्याउने र आत्मविश्वास बढाउने प्रशिक्षक योयाखिम लोको प्रयास मानिएको छ ।

जर्मनी आइतबार मेक्सिकोसँग १-० ले पराजित भएको थियो । अब जर्मनीले शनिबार स्वीडेनसँग खेल्नेछ ।

स्वीडेनले आफ्नो पहिलो खेलमा दक्षिण कोरियालाई हराएर महत्वपूर्ण ३ अंक बटुलिसकेको छ । त्यसैले लोको टिमलाई स्वीडेनविरुद्धको जित महत्वपूर्ण छ ।

थोमस मुलर, म्याट्स हुमेल्स, जुलियन ड्राक्सलर, मेसट ओजिल र अरु सबै खेलाडी अभ्यासका क्रममा राम्रो मेहनत गरीरहेका थिए । पहिलो हारबाट बाहिरिएर शान्त रुपमा अर्को खेलको तयारीमा थिए ।

खेलाडीहरुले अभ्यास गरिरहँदा प्रशिक्षक लो पनि आफै बलमा कला देखाउन व्यस्त देखिन्थे । उनी बल लिएर ‘स्किल’ देखाउँदै बसिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment