Comments Add Comment

कुनै किशोरीलाई मन पराउन थालियो भने के गर्ने ?

किशोरावस्था जिज्ञासाको उमेर, उत्साह एवं उमंगको सञ्चार हुने उमेर, अनि कुनै विपरीत लिंगीसँग आँखा जुध्ने उमेर । यो उमेरमा जब कुनै किशोरी मन पर्न थाल्छिन्, आफूलाई के भएको हो थाहै हुँदैन, शरीरमा काउकुती अनि मनमा रोमाञ्च उत्पन्न हुन थाल्छ । उनीसँग कुरा गर्ने बहाना खोज्न थालिन्छ, मित्रता गाँस्ने प्रयास गरिन्छ अनि फेसबुकमा सर्च गरेर फ्रेन्ड रिक्वेस्ट पठाउन मन उत्ताउलिन्छ ।

किशोरावस्थामा हडबडीमा कतिपय त्यस्ता क्रियाकलापसमेत गरिन्छ, त्यस्ता गल्तीसमेत गरिन्छ जसले आफूलाई अरूका अगाडि जोकर बनाइदिन्छ, आफू हाँसोको पात्र भइन्छ । कतिपय अवस्थामा त आफूलाई मन परेको किशोरीले आफ्ना बारेका केही थाहा पाएकी समेत हुँदिनन् तर किशोरहरू आफ्नो मनको कुरा बताइदिइहाल्छन् अनि उनीबाट उत्तर पाउँछन्- नाइँ । तिमीजस्तासँग मेरो सम्बन्ध अघि बढ्दैन । अनि हुन्छ सब गडबड ।

किशोरहरू ! तपाईंहरूलाई पनि कुनै किशोरी औधी मन परिन् भने एकैचोटि प्रेमप्रस्ताव नराख्नुहोस् । पहिले उनीसँग मित्रता गाँस्नुहोस् । मित्रता कसरी गाँस्ने, कुरा कसरी सुरु गर्ने भन्ने कुरामा अन्योल सिर्जना हुनसक्छ । त्यस्तो अवस्थामा निम्नलिखित उपाय अवलम्बन गर्न सकिन्छ:

राम्रो व्यवहार

आफूले मन पराएको मानिससँग राम्रो व्यवहार गर्नुपर्छ । उनी आफ्नो अगाडि पर्नेबित्तिकै आवाज तथा बडी ल्यांग्वेजमा परिवर्तन हुन दिनु हुँदैन । आफूले कुनै राजकुमारीसँग कुरा गर्दै छु भन्ने हिसाबले बोलीव्यवहार गर्नतिर लाग्नुहुँदैन, आफ्ना अन्य साथीभाइसँग जुन ढंगले कुरा गरिन्छ उनीसँग पनि त्यसै किसिमले कुरा गर्नुपर्छ ।

सफासुग्घर

कुनै किशोरीलाई मन पराइएको छ भने सफासुग्घर रहन जरुरी छ । उनीसँग भेट्दा सफा एवं स्मार्ट हुनुपर्छ । भेटका समयमा सास गन्हाउने, पसिना गन्हाउनेजस्ता समस्या देखिए भने उनले पक्कै पनि आफूलाई मन पराउँदिनन् भन्ने कुरामा विशेष ध्यान दिनुपर्छ । स्वस्थ जीवनशैली अपनाउने र उनीसँग बोल्दा, कुराकानी गर्दा कुनै हिचकिचाहटबिना नै गर्न सकियो भने उनी पक्कै पनि प्रभावित हुनेछिन् ।

सकारात्मक विचार

हरेक मानिस सदैव त्यस्ता व्यक्तिसँग बस्न रुचाउँछन्, त्यस्ता व्यक्ति मन पराउँछन् जो प्रसन्नचित्त छ सकारात्मक विचार बोकेर हिँड्छ । यसकारण राम्रो बन्ने प्रयास गर्नुपर्छ, अरूमा भएका राम्रा कुरालाई उजागर गर्ने र नराम्रा कुरालाई बेवास्ता गर्ने बानी बसाल्नु राम्रो हुन्छ । यस्तो बानी भएका किशोरलाई किशोरीहरू पनि मन नपराई रहन सक्दैनन् ।

नर्भस नहुने

आफूले मन पराइएको मानिस अगाडि पर्नासाथ मानिसमा एक प्रकारको सुखद बेचैनी, रोमाञ्च पैदा हुन्छ फलस्वरूप सास छिटछिटो चल्ने, मुटु जोडले धड्कनेजस्ता शारीरिक प्रतिक्रिया देखा पर्छन् । के गर्ने कसो गर्ने ज्ञात हुँदैन ।

यसका कारण थाहै नपाई सानातिना गल्ती हुनजान्छन् । यसकारण आफूबाट महत्वपूर्ण घडीमा कुनै गल्ती नहोस् भन्नका लागि नर्भस हुनुको सट्ट कन्पिmडेन्ट हुनु र उनको मन जित्नु आवश्यक हुन्छ ।

प्रेमप्रस्तावको सट्टा मित्रता

कुनै किशोरी मन परिन् भने उनलाई सुरुमै अर्थात् एकदुई भेटमै प्रेमप्रस्ताव राख्नुको साटो मित्रता बढाउने प्रयास गर्नुपर्छ । मित्रतापश्चात् उनको मन जितेर, उनलाई राम्रो प्रभाव परिसकेपछि प्रेमप्रस्ताव राख्नु उपयुक्त हुन्छ । यसो गर्दा आफ्नो प्रस्ताव खेर जाँदैन ।

मनको कुरा जान्ने कोसिस

आफू जोसँग कुरा गरिन्छ उसको मनको भाव बुझ्ने कोसिस गर्नुपर्छ । यसो गर्नु निकै आवश्यक छ । आफूले जसलाई बन पराइएको छ उनले पनि अरू कसैलाई मन पराएकी हुन सक्छिन् तसर्थ त्यस्तो छ कि छैन भन्ने कुरा बुझेर मात्र प्रेमप्रस्ताव राख्नु उचित हुन्छ । उक्त कुरा नबुझी प्रेमप्रस्ताव राख्दा अस्वीकृत हुने मात्र नभई ठूलो पीडा झेल्नुपर्ने हुन्छ ।

सरप्राइज

उनीसँगको सम्बन्ध अघि बढाउनका लागि कुनै सरप्राइज दिन सकिन्छ । यसका लागि उनको रुचि बुझेर त्यस्तो सरप्राइज प्लान बनाउनुपर्छ जसबाट उनी चकित होऊन् ।

प्रोत्साहन

प्रोत्साहन सबैलाई मन पर्छ । यसबाट उनलाई आफूले मन पराउँछु भनिरहनै पर्दैन । प्रोत्साहन गर्नुको मतलब यो मेरो हितैषी हो र यसले मलाई मन पनि पराउँछ भन्ने कुरा उनले बुझिहाल्छिन् ।

उनले कुनै काम गर्न सकिरहेकी छैनन् भने प्रोत्साहन पाएपछि उनमा आत्मविश्वास वृद्धि हुन्छ र सजिलै त्यो कमाम गर्न सक्छिन् । हुनसक्छ, उनलाई कुनै किसिमको फोयिबा होस्, त्यस्तो छ भने उक्त फोयिबा हटाउने प्रयास गर्नुपर्छ । यति गरिसकेपछि ढुक्क भए हुन्छ, उनले पक्कै पनि तपाईंलाई मन पराउँछिन् ।

हबीमा रुचि

हरेक मानिसको हबी फरक हुन्छ तापनि मन पराइएको किशोरीको हबी बुझेर त्यसप्रति रुचि प्रकट गर्नुपर्छ । यसबाट उनीसँगको सम्बन्ध प्रगाढ हुन सहयोग पुग्छ । आफूले पनि केही नयाँ कुरा सिक्न सकिन्छ । तर यसाो भन्दैमा आफूलाई पटक्कै रुचि नभएको वा मन नलाग्ने कुरा गर्नु हुँदैन ।

पढाइ नै माध्यम

पढाइलाई माध्यम बनाएर पनि आफूलाई मन पर्ने किशोरीको नजिक पुग्न सकिन्छ । पढाइको बहानामा उनीसँग बढी समय बिताउन सकिन्छ, उनलाई प्रभावित तुल्याउन सकिन्छ । यसका साथै एकअर्काको नोट सेयर गर्दा आफ्नो पढाइ राम्रो हुने मात्र नभई उनलाई नजिक ल्याउनसमेत सहयोग मिल्छ ।

प्रशंसा

प्रशंसा कसलाई मन पर्दैन र ? प्रशंसा गरेर पनि आफ्नो विशेष रानीको मन जित्न सकिन्छ तर प्रशंसाको नाममा चाकरीको भाव भने दर्शाउनु हुँदैन । उनले आफूलाई खुसी पार्न चाकरी गरिरहेको छ भन्ने थाहा पाइन् भने कुरो बिग्रन पनि सक्छ ।

विशेष अवसरको ख्याल

आफ्नो विशेष दिनमा कसैले विशेष उपहार दिएको किशोरीहरू मन पराउँछन् । यसकारण उनको जन्मदिन वा कुनै त्यस्तो प्रकारको विशेष दिन याद गरेर वा डायरीमा नोट गरी राखेर उक्त समयमा सरप्राइज गिप\mट दिन सकिन्छ ।

के नगर्ने ?

उनैसँग टाँसिइरहन खोज्ने

आफूलाई मन परेको किशोरीसँग हरदम टाँसिइरहन खोज्ने, उनैका वरिपरि चक्कर लगाइरहने, उनी जहाँ जान्छिन् त्यहीँ पछिपछि जाने, उनलाई कुरा गर्ने मन छ कि छैन त्यो नबुझी कुरा गर्ने प्रयास गरिरहनेजस्ता गल्ती भुलेर पनि गर्नुहुँदैन । अहिलेसम्म यस्तो गरिएको भए पनि अब नगर्ने । बरु त्यस्तो वातावरण बनाउन प्रयास गर्नुपर्छ कि उनी आफैं कुरा गर्न आऊन् ।

कक्षामा हल्ला नगर्ने

आफूले मन पराएकी किशोरी कक्षाकै हुन् वा आफ्नो स्कुलकलेजकै हुन् भने कक्षामा आफूले उनलाई मन पराउँछु भनेर हल्ला नगर्ने । यस्तो हल्लाले कसैलाई पनि फाइदा गर्दैन ।

यसबाट उनी नजिक आउनुको साटो झन् टाढा भाग्छिन् । उनले मुख छाडेर गाली गरिदिन पनि सक्छिन् । यसकारण आफ्नो मनको भाव आफैंमा सीमित राख्नुपर्छ । मनको कुरा रोक्न सकिएन भने त्यस्ता साथीसँग मात्र कुरा खोल्न सकिन्छ जसले त्यो कुरा कसैसँग पनि नगरोस् ।

पढाइमा डिस्टर्ब नगर्ने

कसैलाई मन पराउनुको मतलब हरेक समय उनलाई डिस्टर्ब गर्नु होइन । विशेष गरी पढाइ भइरहेको बखतमा म्यासेज गर्ने, मिस्ड कल गर्नेजस्ता क्रियाकलाप गर्नु हुदैन । यसले उनको मात्र होइन आफ्नो पढाइसमेत बर्बाद हुन्छ ।

महँगो उपहारमा पैसा बर्बाद नगर्ने

कतिपय किशोरहरूमा महँगा उपहारहरू दिएर केटीहरूलाई प्रभाव पार्न सकिन्छ भन्ने गलत धारणा हुन्छ ।

यदाकदा त्यस्ता किशोरी भेटिएलान् पनि, तर अधिकांश किशोरी केवल महँगा गिप\mटका भरमा पट्टनिे खालका हुँदैनन् । साथीसँग सापटी मागेर यस्ता कुरामा पैसा खर्च गर्नु बेकार हुन्छ । गिफ्ट दिनु नै छ भने पनि ह्यान्डमेड वा सिर्जनशीलता देखिने किसिमका वस्तुहरू जुन नो कस्ट वा लो कस्टका हुन्छन् त्यस्ता कुरा उपहार दिनुपर्छ । त्यस्ता कुरामा पैसाको तुजुक नभई मेहेनत एवं प्रेमको भाव लुकेको हुन्छ ।

रिजेक्सन हाबी हुन नदिने

कुनै किशोरीले आफ्नो प्रेमप्रस्ताव अस्वीकार गरिदिइन् भने पनि आत्तिनु हुँदैन, आफूमा रिजेक्सन हाबी हुन दिनु हुँदैन । रिजेक्सन हाबी भएमा डिप्रेसनसमेत हुनसक्छ । परिणामस्वरूप साथीभाइसँग घुलमिल हुन तथा हाँसखेल गर्नसमेत छोडिदिन्छन् कतिपय किशोर । यस्तो गर्नु हुँदैन । बरु आफ्नो मनको ढोका खुला राखेर बस्नुपर्छ, के थाहा आफूलाई अस्वीकार गर्नेभन्दा सुन्दर युवतीले पो प्रवेश गर्छिन् कि जीवनमा !

ध्यान दिनुपर्ने केही कुरा

-नजिक जानका लागि शरीर छुने, शरीरमा छोएर प्रभाव पार्न प्रयास गर्नेजस्ता क्रियाकलाप नगर्ने । यसको उल्टो असर पर्नसक्छ ।

-इमान्दार बन्ने । महाभारतले पनि भनेको छ-‘इमान्दार मानिस ईश्वरको सवोत्कृष्ट कृति हो ।’ उनलाई प्रभाव पार्ने उद्देश्यले झुटको सहारा नलिने ।

-आफ्ना विषयमा वास्तविक कुरा मात्र बताउने । आफ्नो वास्तविकता सुनेपछि उनी टाढिने हुन् कि भनेर नडराउने । कसैले साँचो रूपमा कसैलाई मन पराउँछ भने उसले जुनसुकै रूपमा पनि स्वीकार गर्छ अन्यथा गर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment