Comments Add Comment

नेइमार फिट तर, ड्यानिलो कोस्टारिकाविरुद्ध नखेल्ने


काठमाडौं । ब्राजिलियन फुलब्याक ड्यानिलोले विश्वकपमा कोष्टारिकाविरुद्धको खेल गुमाउने भएका छन् । उनको स्थान फागनरले लिनेछन् ।

आफ्नो पहिलो खेलमा स्वीट्जरल्याण्डसँग १–१ को बराबरीमा रोकिएको ब्राजिलले शुक्रबार राति कोष्टारिकासँग खेल्दैछ ।

यो खेलमा नेइमार भने सुरुवाति ११ मै पर्ने अपेक्षा गरिएको छ । पहिलो खेलमा पनि पूर्ण फिट नभएको भनिएकै अवस्थामा उनले पुरै ९० मिनेट खेलेका थिए ।

तर, खुट्टाको चोट बल्झिएका कारण २६ वर्षीय नेइमारले मंगलबारको अभ्यास गुमाएका थिए ।

प्रशिक्षक टिटेले आफूहरु यो खेल्न जित्न चाहने तर, खेलाडीको स्वास्थ्यमा जोखिम नलिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment