Comments Add Comment

नेपालमै पहिलोपटक किंग्स कलेजमा नन-प्रफिट म्यानेजमेन्ट र एग्री विजनेशमा एमबीए

८ जेठ, काठमाडौं । किंग्स कलेजले यसै वर्षदेखि नेपालमा पहिलोपटक दुई नविन कोर्षहरु- एमबीए इन नन् प्रफिट म्यानेजमेन्ट र एमबीए इन एग्री विजनेश संचालन गर्ने भएको छ ।

अमेरिकास्थित वेष्टक्लिफ विश्वविद्यालयको सम्बन्धनमा आउँदो श्रावण दोश्रो हप्तादेखि कक्षा संचालन हुने यि दुबै कार्यक्रमहरु नेपाली परिवेश सुहाउँदो गरी नेपालमै विकास भइ त्रिभुवन विश्वविद्यालयबाट स्विकृत भइसकेका छन् ।

न्ोपालको उच्च शिक्षालाई एक फरक उचाइमा पुर्‍याउन र समय सन्दर्भ अनुसार पाठ्यक्रमको विकास गरी विद्यार्थीहरुलाई विषय छनौटको बृहत विकल्प प्रदान गरी शिक्षालाई ब्यक्ति, समाज तथा राष्ट्र विकासमा एक शसक्त माध्यम बनाउन सघाउनुपर्ने आजको आवश्यकतालाई मध्यनजर गरी यी शैक्षिक कार्यक्रमहरु संचालन हुन लागेका हुन् ।

नोबेल पुरष्कार विजेता मोहम्मद यूनुसद्धारा प्रतिवादित एवं प्रबर्द्धत सामाजिक उद्यमशिलताको धारणासँग मिल्दोजुल्दो गैर नाफामुलक क्षेत्रको राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा व्ार्तमान समयमा बढेर गएको सन्दर्भलाई मनन गरी र नेपालमा प्रचुर सम्भावनाको बाबजुत कृषिक्षेत्र अझैपनि परंपरागत तथा जीविकामा आधारित रहेकाले यसलाई आधुनिक, एक प्रमुख औधोगीक क्षेत्र र अर्थतन्त्रको मूल आधार बनाउनुपर्ने अवस्थामाथि केन्द्रित हुँद्रै सोका लागि आवश्यक जनशक्ति तथा उद्यमीहरु त्ायार गर्नको लागि यि दुई समयसापेक्ष कोर्षहरु पठनपाठनमा ल्याउन लागिएको किंग्सले जनाएको छ ।

सरकारी, गैरसरकारी, गैरनाफामूक, सामाजिक उद्यमशिलता तथा विकासे क्षेत्रमा कुनै न कुनै रुपमा संलग्न भइसकेका वा हुन चाहने अथवा यी क्षेत्रहरुका ब्यवस्थापन एवं नेतृत्व तहमा रहेर वा अन्य अभ्यासहरुद्धारा योगदान गर्न चाहनेहरुका लागि एमबिए इन नन् प्रफिट म्यानेज्मेण्ट संचालन गर्न लागिएको हो ।

“पछिल्ला दिनहरुमा दातृ निकाय निर्देशित वा परनिर्भर मानसिकतालाई चुनौती दिइ बदलिँदो सामाजिक, राजनीतिक तथा आर्थिक परिवेशमा दशकांैदेखि परिक्षित एवं सफल साबितश्रोतको अधिकतमता तथा बृहत सदुपयोग, वित्त ब्यवस्थापन, मार्केटिङ्ग, जोखिम ब्यवस्थापन, नेतृत्व विकास, सामाजिक उद्यमशिलता, समान विकास तथा दिगो बृद्धि लगायत ब्यापार ब्यवस्थापन क्षेत्रका सिद्धान्तहरुलाई गैरनाफमूखी संस्थाहरुले अंगिकार गरि स्ववलम्बन तथा आत्मनिर्भरतातर्फ अघि बढिरहेका छन्,” कलेजको विज्ञप्तिमा भनिएको छ ।

यसैगरी, कलेजले वन विज्ञान, बनस्पती विज्ञान, वातावरण तथा खनिज लगायत अध्ययन गरेका विद्यार्थी, कृषि क्षेत्रलाई आधार बनाइ उद्यमशिलता गर्न चाहने ब्यक्ति तथा सो क्षेत्रमा स्टर्टआपको रुपमा काम गरिरहेको र आफ्नो ब्यापारलाई बृद्धिको दिशातर्फ लैजान चाहिरहेका ब्यक्तिहरुको लागि एमबिए इन एग्री विजनेश प्रदान गर्न लागिएको जनाएको छ ।

“दशकाैंदेखि नेपाल कृषिप्रदान राष्ट्र हो भनी विद्यालय तहदेखि नै पढ्ने तर पढाइ सकेपछि कृषि क्षेत्रमा आउन लजाउने नयाँ पुस्तासमक्ष कृषिउद्यमशिलता, ब्यापार, नाफा र ब्यवस्थापनको एक प्रमुख क्षेत्र हो भनेर प्रष्ट्याउन खाँचो रहेकोले कलेजले यस कोर्षलाई ल्याएको हो,” कलेजको प्रधानाध्यापक नरोत्तम अर्याल बताउँछन् ।

उनका अनुसार नाम सुन्दा प्राविधिक जस्तो लागेपनि ब्यापार र ब्यवस्थापनको क्षेत्रमा रुचि राख्ने जोसुकै विद्यार्थीले पनि यि कोर्षहरुमा राम्रो परिणाम ल्याउन सक्छन् ।
पढाइ समयसापेक्ष हुनुपर्छ र यसले विकास र बृद्धिको नयाँ एवं उदाउँदो क्षेत्रहरुका लागि दक्ष जनशक्ति तथा नेतृत्व जन्माउन सक्नुपर्दछ भन्ने मान्यतास्वरुप यि कोर्शहरु संचालन हुन लागेको अर्याल बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment