Comments Add Comment

यस्तो देश जहाँका जनता कम बोल्न रुचाउँछन्

कम बोल्नु कोही मानिसको आदत हुनसक्छ । तर देशका सबै जनता नै कम बोल्छन् भने बुझ्नुपर्छ, दालमा कुछ काला हे । यो सुन्दैमा अनौठो लाग्न सक्दछ ।

युरोपेली मुलुक लातभिया यस्तो देश हो जसलाई कम बोल्ने जनता भएको देश भनिन्छ । कम बोल्नु त्यहाँको संस्कृतिको एक हिस्सा हो ।

यद्यपि, कतिपय लातभियन भने यो संस्कृतिको खुलेर आलोचना गर्दछन् ।

लातभियनहरु निकै सिर्जनशील हुन्छन् । मानिसहरु कम बोल्दै रचनात्मक सोचका साथ सम्बन्धको खोजी गर्दछन् । यसलाई देशको विशेषता मानिन्छ ।

हालै बेलायतको लण्डनमा भएको पुस्तक प्रदर्शनीमा लातभियन कमिक बुक चर्चामा रह्यो । लातभियन साहित्य संस्थाले तयार पारेको उक्त पुस्तक ‘म अन्तर्मुखि छु’ नामक अभियानको हिस्सा हो । यो अभियानको सुरुवात लातभियन लेखिका अनेते कोनस्तेले सुरु गरेकी हुन् । उनका अनुसार कम बोल्नु र मानिसहरुसँग कम भेटघाट गर्नु राम्रो बानी होइन ।

दुनियाँ एकठाउँमा आएको र मानिसहरु एक आपसमा खुलेर आफ्ना विचारहरु राखिरहेको बेलामा एकलकाटे हुनु र गमक्क पर्नु हानिकारक हुने भएको हुँदा मानिसहरुले आफ्नो आनीबानी बदल्नुपर्ने सुझाव उनको छ ।

एक अध्ययन अनुसार कला, संगीत तथा लेखन जस्ता सिर्जनात्मक काममा आबद्ध लातभियालीहरु निकै अन्तरमुखी तथा आफ्नै दुनियाँमा रमाउने खालका छन् ।

यो देशका मानिसहरु कम बोल्नेमात्र होइन, एकान्त मन पराउने खालका छन् । एक अर्को परिचितसँग भेट हुँदा पनि मानिसहरु मुस्कुराएको देख्न मुस्किल पर्छ । अझ कोही अपरिचितसँग आँखा जुध्दा मुस्कुराउने भन्ने त उनीहरुको शव्दकोषमै छैन ।

लातभियालीहरु एक अर्कासँग भेट गर्न पनि हिच्किचाउँछन् । मानिसहरु खुल्ला सडकको साटो भित्री गल्लीबाट हिँड्न रुचाउँछन् । धेरै मानिसहरुको जमघट हुने खालका कार्यक्रमको आयोजना पनि निकै कम हुन्छ ।

लातभियन गीत तथा नृत्य महोत्सव त्यहाँको सबैभन्दा ठूलो महोत्सव हो । उक्त महोत्सवमा १० हजार भन्दा धेरै कलाकारले भाग लिन्छन् । तर यति धेरै कलाकार हुँदा पनि दर्शकहरुको संख्या कम भएपछि यो महोत्सव बर्सेनि हुन छाड्यो र पाँच वर्षमा एकचोटी आयोजना गरिन्छ ।

लेखिका कोनस्तेका अनुसार,  मानिसहरु यति मतलबी छन् कि छिमेकीसँग बाटोमा जम्काभेट होला र हाइहेल्लो गर्नुपर्ला भनेर छिमेकी घरबाट कतिबेला निस्केर बाटो लाग्ला भनेर कुर्दछन् र मात्र आफू निस्किन्छन् ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment