Comments Add Comment

नाइजेरियाका विश्वकप हिरोले पाए नयाँ नाम- ‘लिओनल मुसा’

काठमाडौं । आइसल्याण्डविरुद्ध दुई गोल गर्दै नाइजेरियालाई विश्वकपमा जित दिलाएपछि अहमद मुसाले अर्जेन्टिनामा नयाँ नाम पाएका छन्-लिओनल मुसा ।

तर, नाइजेरियाका विश्वकप हिरो मुसाले अर्जेन्टिनाविरुद्ध गोल गर्न गाह्रो नरहेको भन्दै समूह चरणबाट बाहिरिनु पर्ने चेतावनी दिएका छन् ।

रुस विश्वकपको समूह चरणबाटै बाहिरिने खतराका बाबजुद अर्जेन्टिनी समर्थकलाई अझै लिओनल मेस्सीमाथि भरोसा छ । र, मेस्सी र उनको टिमले नाइजेरियाविरुद्ध चमत्कारिक प्रदर्शन गर्दै आफ्नो टिमलाई अघिल्लो चरण पुर्‍याउँछन् भन्ने मान्छन् ।

तर, नाइजेरियाका केही समर्थकले भने उनीहरुलाई ‘तिम्रो GOAT (सर्वकालीन उत्कृष्ट) भन्दा हाम्रो GOAT’ राम्रो भनेका छन् ।

मुसाको हारमा अर्जेन्टिनाको भाग्य ?

क्रोएसियासँग हारेपछि अर्जेन्टिनाको अघिल्लो चरणको यात्रा अरुको खेलमा भर परेको छ । नाइजेरियाले आइसल्याण्डलाई हराउँदा उसलाई केही सहज पक्कै भएको छ । तर, नाइजेरियाको लय फेरि उसका लागि घातक पनि हुनसक्छ ।

किनकी अब अन्तिम खेलमा क्रोएसियाले आइसल्याण्डसँग नहार्ने मात्र होइन, आफूले नाइजेरियालाई हराए मात्र अर्जेन्टिना अघिल्लो चरण पुग्छ । आइसल्याण्डविरुद्ध एक्लै दुई गोल गरेपछि मुसाले मेस्सी, अग्युरो सबैलाई गोलमा उछिनेका छन् ।

अब अर्जेन्टिनाका लागि उनी नै घातक हुनसक्छन् । सन् २०१४ मा अर्जेन्टिना ३-२ ले जित्दा पनि नाइजेरियाका लागि दुबै गोल मुसाले नै गरेका थिए । उनले पि्र सिजन टुरका क्रममा पनि मेस्सीको टिम बार्सिलोनाविरुद्ध गोल गरेका थिए ।

२५ वर्षीय फवार्ड मुसा भन्छन्, ‘जब मैले अर्जेन्टिनाविरुद्ध खेलेको छु वा मेस्सीले मेराविरुद्ध खेलेका छन् । म गोलद गर्छु ।’

‘चार वर्षअघि मैले दुई गोल गरेँ । जब लिसेस्टरबाट बार्सिलोनाविरुद्ध खेले, त्यसबेला पनि दुई गोल गरे । त्यसैले मलाई लाग्छ, अर्को खेलमा पनि नजिता जे सुकै हो, म अर्को दुई गोल गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment