
१० असार, विराटनगर । प्रदेश १ को प्रदेश सभा बैठकले आगामी आर्थिक वर्ष ०७५ र ७६ को वजेट सम्बन्धी विनियोजन विधेयक पारित गरेको छ । प्रदेश सभाको आज बसेको बैठकले विधेयक बहुमतले पारित गरेको हो ।
प्रतिपक्ष नेपाली काग्रेसका सासद शिवनारायण गनगाईले विधेयकमाथि खर्च कटौतीको प्रस्ताव पेश गरेका थिए ।
उनले मितव्ययिता अपनाउनु पर्ने भन्दै विधेयक प्रस्तावको परिच्छेदको बुँदा नं. १७ को ख अन्तर्गत अर्थ बजेट भइपरी खर्च ४३ करोड ३७ लाख ३ हजार २ सय ७ रुपैयालाई घटाई ५ सय राख्न, त्यसैगरी अर्थ विविध भैपरी खर्च ८० करोडलाई घटाएर ५ सय रुपैयाँ र पूँजीगत अर्थ बजेट भैपरी चालुमा ४८ करोड ८८ लाख ८० हजारलाई घटाएर ५ सय राख्न प्रस्ताव गरेका थिए ।
प्रस्तावमाथि आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङम्बोले जबाफ दिदै मुख्यमन्त्री ग्रामीण सडक कार्यक्रम, नदी नियन्त्रण, भइपरी आउने कार्यक्रम र सार्वजनीक नीजि साझेदारी कार्यक्रममा लागि पैसाको व्यवस्था गन भैपरी शीर्षक कोषमा पैसा राखिएको बताए ।
उनले अत्यावस्यक कार्यक्रमका लागि सो रकम छुट्यााइएकाले खर्च कटौतीको प्रस्ताव सरकारको तर्फबाट फिर्ता लिन नसकिने प्रस्ष्ट पारेका थिए ।
बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङम्बोले विनियोजन विधेयक०७५ लाई पारित गरियोस भनि गरेको प्रस्ताव बहुमतले पारित भएको थियो ।
सभामुख प्रदीप भण्डारीले प्रस्ताव फिर्ता लिन समय दिदा पनि संासद गनगाईले अस्विकार गरेपछि वहुमतले विनियोजन विधेयक प्रदेश सभाको बैठकबाट पारित भएको थियो ।
यससँगै आगामी आर्थिक वर्ष सुरुभए लगतै अर्थात साउन १ देखि रकम खर्च गर्न प्रदेश सरकारलाई बाटो खुला भएको छ ।
प्रदेश सरकारले आर्थिक वर्ष ०७५/७६ का लागि ३५ अर्ब ९३ करोड ६० लाख बजेट ल्याएको थियो ।
जसमा पूर्वाधार विकासमा सबैभन्दा धेरै ९ अर्ब बिनियोजन गरेको थियो भने प्रत्येक सांसदलाई २ करोड, स्थानीय तहलाई २३ लाख, एक घर एक धारा, वन क्षेत्रबाट ५ हजारलाई रोजगारी कार्यक्रम समेटिएको छ ।
प्रतिक्रिया 4