Comments Add Comment

दिव्यांका त्रिपाठीको तर्कः स्तन गोप्य अंग होइन

भारतमा प्रकाशित हुने एउटा मलायालम पत्रिकाको कभरमा प्रकाशित स्तनपानको तस्वीरलाई लिएर अहिले चर्को बहस भइरहेको छ । यो विवाद अदालतसम्म पुगेको छ ।

उक्त कभरमा अविवाहित मोडल गिलु जोसेफले बच्चालाई दुध चुसाएको तस्वीर समावेश गरिएपछि विवाद भएको हो । उक्त तस्वीरले अश्लिलता फैलाएको भनेर एक वकिलले अदालतमा रिट हालेका थिए । तर अदालतले उनको दावीलाई अस्वीकार गर्दै यो अश्लिल नभएको ठहर गरेको थियो ।

अहिले बलिउडकी अभिनेत्री दिब्यांका त्रिपाठीले यो विवादमा मुख खोलेकी छन् । उनले महिलाको स्तनको महत्वबारे एक अन्तरवार्तामा लामै प्रवचन दिइन् ।

महिलाको स्तन कुनै प्रजनन अंग नभएको भन्दै उनले यसलाई लुकाएर राख्नु आवश्यक नरहेको तर्क गरिन् ।

‘बच्चालाई दुध खुवाउनका लागि महिलाको शरीरमा ईश्वरले स्तनको विकास गरिदिएका हुन् । यो कुनै गोप्य अंग होइन । त्यसैले महिलाहरुले सार्वजनिक स्थलमा निर्धक्कसँग आफ्नो बच्चालाई स्तनपान गराए हुन्छ ।’

उनले बोल्ड तर, सन्देशमुलक तस्वीर खिचाएको भन्दै मोडल जोसेफको प्रशंसा पनि गरिन् ।

‘विवाहित मोडलहरु पनि यस्तो तस्वीर खिच्न हिच्किचाउँछन् । उनको हिम्मत सह्राहनीय छ,’ दिब्यांकाले भनिन् । यस्तो तस्वीरले महिलाहरुलाई सार्वजनिक स्थलमा स्तनपान गराउन प्रेरणा मिल्ने उनी बताउँछन् ।

उनले अगाडि थपिन्, ‘भारतमा सार्वजनिक स्थलमा स्तनपान गराउनुलाई लज्जाको विषय मानिन्छ । तर, आफ्नो बच्चा भोकाएको बेला दुध चुसाउन केको लाज ? निर्धक्क चुसाए हुन्छ ।’

यो विवादमा सामाजिक सञ्जालमा दुईथरी तर्कहरु आइरहेका छन् । महिलाले सार्वजनिक स्थलमा आफ्नो बच्चालाई स्तनपान गराउन पाउनुपर्ने विषय एउटा विश्वव्यापी मुद्दा नै हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment