Comments Add Comment

‘जुँगे झाँक्रीको भुत’ सार्वजनिक

पत्रकार तथा साहित्यकार केशव दुवाडीको बालकथा संग्रह ‘जुँगे झाँक्रीको भूत’ सार्वजनिक भएको छ । धादिङवेसीमा भएको एक कार्यक्रममा दुवाडीको कथा संग्रहको विमोचन गरिएको हो ।

जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल र प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले उक्त कथा संग्रहको संयुक्त रुपमा विमोचन गरेका हुन् ।

९ वटा कथा समावेश भएको बालकथा संग्रह ‘जुँगे झाँक्रीको भूत’का विषयमा धादिङका अग्रज साहित्यकार बद्रीप्रसाद दाहालले टिप्पणी गरेका थिए ।

कथा संग्रहमा समावेश भएका कथाबाट सामाजिक सन्देशका साथसाथै भरपुर मनोरञ्जन पनि पाउन सकिने उनको भनाइ छ ।

उनले साहित्यको क्षेत्रमा अग्रसर दुवाडीका कथाहरु रोचक तथा मनन योग्य रहेको बताउँदै सबै उमेर समूहका लागि पठनीय सामग्रीले भरिपूर्ण रहेको पनि उल्लेख गरे । मुलतः यो पुस्तक बालबालिकाहरुका लागि अतिउपयोगी हुनेसमेत उनले टिप्पणी गरे ।

यसैबीच पुस्तकका बारेमा बोल्दै कथाकार केशव दुवाडीले बालअधिकार र संरक्षणको क्षेत्रमा काम गर्ने क्रममा बालसाहित्यप्रति पनि रुची बढ्दै गएको र सोही क्रममा लेखिएका कथाहरु त्यतिवेला विभिन्न पत्रपत्रिकामा पनि प्रकाशित भएका र सोही फुटकर कथाहरुको एकीकृत रुपबाट पुस्तक तयार भएको बताए ।

४० पृष्ठको कथा संग्रहमा ९ वटा कथा समावेश गरिएको छ । आवाज अभियान नेपाल नीलकण्ठ नगरपालिका धादिङले प्रकाशन गरेको कथा संग्रहको भूमिका नेपाल बाल साहित्य समाजका उपाध्यक्ष डा.शैलेन्दु प्रकाश नेपालले लेखेका छन् ।

नेत्रावती छापाखाना गल्छी धादिङले प्रकाशन गरेको पुस्तकको मूल्य १०० रुपैँया छ । यसैवीच कथामा देवेन्द्र थुम्केलीले चित्राङ्कन गरी कथालाई अझै जिवन्त पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment