Comments Add Comment

पनौतीको १४ सय वर्ष पु्रानो ‘ज्या पुन्ही’ जात्रा सकियो

१४ असार, काभ्रेपलाञ्चोक । काभ्रेको पनौतीमा जेठ पुणिर्माका दिन हुने पनौतीको ‘ज्या पुन्ही’ अनौठो जात्रा सकिएको छ ।

परापूर्वकालमा हिन्दु धर्मका भगवानहरुले गर्ने सम्भोग र त्यसलाई रोक्ने इन्द्रेश्वर भगवानबीचको जुधाजुधको सम्झनामा १४ सय २७ बर्ष पहिलेदेखि सुरु भएको पनौती जात्रा लगातार तिन दिनसम्म चलेर सकिएको हो ।

यो जात्रा नेपालकै पुरानो ऐतिहासिक जात्रा हो । राजा शिवदेव मल्लको पालादेखि चल्दै आएको जात्रामा यौनिकता झल्कने गरी रथहरु जुधाइन्छ ।

लाम्पाटीमा रहेको भैरवको रथलाई तानेर ल्याई पुलिसपाटी नजिकै रहेको भद्रकालीको रथसँग जुधाजुध गरेपछि दुवै रथमा सवार रहेका मानिसहरू एक-आपसमा अबिर छर्केर हर्ष व्यक्त गर्दछन् । यो कार्य सकिएपछि भैरवको रथलाई फर्काएर नवदुर्गा डबलीभन्दा केही पर राखिन्छ स्थानीय माधव प्रजापतिले बताए ।

उन्मत्त भैरवको रथ गन्तव्य स्थानमा पुगेपछि भद्रकालीको रथ तानेर ल्याई भैरवको रथसँग पछाडिबाट जुधाइन्छ । भैरव र भद्रकालीको रथ तीन-तीनपटक एक-आपसमा जुधाइसकेपछि इन्द्रेश्वर महादेवको रथ भद्रकालीको रथसँग अगाडिबाट तीनचोटि जुधाइन्छ । रथ जुधाउने जात्रा हेर्नको लागि टाढा टाढाबाट मानिसहरु आउने गरेका छन् ।

किवंदन्ती अनुसार, परापूर्वकालमा महादेवले कृष्णको चरित्र जान्न एक हजार आठ गोपिनी मध्येबाट एक दिन आग्रह गरेका थिए । कृष्णले आफू नभएको कोठाबाट लैजान भने पनि सबै कोठामा कृष्ण रहेको पाए । कैलाशमा गएर पार्वतीलाई सो कुरा बताउँदा उनले पनि महादेवको चरित्र हेर्ने विचार गरिन् ।

पार्वती ६४ योगिनीको रूप धारण गरेर कामातुर भई महादेवलाई लखेट्न थालिन् । सो रूप देखी महादेव डराएर भाग्दै गई पनौतीको त्रिवेणीस्थित नदीमा गुप्त रूपमा लुकेर बसेको पार्वतीले थाहा पाएर ६४ योगिनी पार्वतीले त्रिवेणीवरपर महादेवको प्रतीक्षा गरिरहिन् ।

त्यसै बेला महादेव पनि उन्मत्त भैरवको रूप धारण गरी बाहिर निस्के । भैरवको डरलाग्दो उन्मत्त रूप देखेर डराएकी ६४ योगिनीरूपी पार्वती भद्रकालीको रूप बदलेर रोसी खोलाको किनारैकिनार भागेकी थिइन् ।

भाग्दाभाग्दै लायकु डबली पुगेपछि उन्मत्त भैरवले भद्रकालीलाई पछाडिबाट तीनपल्ट सम्भोग गरेपछि भद्रकाली शान्त अवस्थामा आएको विश्वास रहि आएको पनौतीका अगुवा तुयूकाजी ताम्राकारले बताए ।

यौनक्रियाबाट तृप्त भएपछि भद्रकालीले भैरवलाई आफ्नो वास्तविक स्वरूपमा आई सम्भोग गर्ने इच्छा जाहेर गरेपछि महादेव वास्तविक स्वरूपमा आई पुनः तीनपटक अगाडिबाट सम्भोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment