+
+

विश्वकप : समूह विजेताको दौडमा इंग्ल्याण्ड र बेल्जियम

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १४ गते १८:३५

१४ असार, काठमाडौं । समूह ‘जी’ को अन्तिम खेल अघि नै अघिल्लो चरणमा जाने टिमको टुंगो लागिसकेको भए पनि बिहीबार राति पौने १२ बजेको खेलले समूह विजेताको टुंगो लाग्नेछ ।

इंग्ल्याण्ड र बेल्जियम ६/६ अंकसहित अघिल्लो चरणमा पुगिसकेका छन् भने ट्युनिसिया र पानामा बाहिरिसकेका छन् ।

अब इंग्ल्याण्ड र बेल्जियमबीचको खेल समूह विजेताका लागि मात्रै हुनेछ । दुवैको गोल अन्तर पनि अहिले बराबर छ ।

इंग्ल्याण्ड र बेल्जियमबीचको खेलले गोल्डेन बुटको दौडमा रहेका बेल्जियमका रोमुलु लुकाकु र इंग्ल्याण्डका हृयारी केनलाई गोल बढाउने अवसर भए पनि लुकाकु भने घाइते रहेकाले मैदानमा हुने छैनन् ।

अन्तिम खेलमा इंग्ल्याण्ड र बेल्जियम बराबरीमा रोकिएमा फेयर प्लेका आधारमा समूह विजेताको टुंगो लाग्नेछ । अहिलेसम्म इंग्ल्याण्डले दुई तथा बेल्जियमले तीन पहेँलो कार्ड पाएका छन् ।

अन्तिम खेलपछि दुवैको कार्ड संख्या पनि बराबरी भएमा गोलाप्रथाका आधारमा समूह विजेता छुट्याइने छ । समूह ‘जी’ मै रहेका पानामा र ट्युनिसिया बाहिरिएका हुन् । दुवैले दुई/दुई खेल हारेका हुन् ।

इंग्ल्याण्ड भर्सेस बेल्जियम

इंग्ल्याण्ड र बेल्जियम अघिल्लो चरणमा पुगिसकेकाले दबावमुक्त भएर खेल्ने छन् । उनीहरु समूह विजेता र उपविजेता जे हुँदा पनि समूह ‘जी’ बाट अघिल्लो चरणमा आउने टोली सबै उस्तै देखिने हुँदा पनि दबाव कम हुनेछ ।

इंग्ल्याण्डका मिडफिल्डर डेल अली घाइते रहेकाले बेल्जियमविरुद्ध हुने छैनन् । इरिक डायर, मार्कस राफफोर्ड र गेरी चाहिल सुरुवाती ११ मै खैल्दैछन् ।

बेल्जियमका केभिन डि ब्रायन, थोमस मेनुयर र जान भर्टोनगेनले पहेँलो कार्ड पाएको हुँदा उनीहरुलाई बेञ्चमा राख्ने तयारी प्रशिक्षक रोबेर्टो मार्टिनेजले गरेका छन् ।

विश्वकपमा बेल्जियमसँग भएका पछिल्ला दुई खेल इंग्ल्याण्डले जितेको थियो । साथै पछिल्लो ११ भेटमा इंग्ल्याण्ड बेल्जियमसँग हारेको छैन ।
सन् १९८२ पछि इंग्ल्याण्डले विश्वकपमा समूह चरणका तीनवटै खेल जितेको छैन । त्यसबेला इंग्ल्याण्ड प|mान्स, चेकोस्लोभाकिया र कुवेतलाई हराएको थियो ।

ट्युनिसिया भर्सेस पानामा

ट्युनिसियाले पानामाविरुद्ध आˆनो तेस्रो गोलकिपर प्रयोग गर्दै छन् । गोलकिपर मोयज हसन इंग्ल्याण्डसँगको खेलमा घाइते भएका थिए ।

दोस्रो गोलकिपर फारुक बेन मुस्तफा भने बेल्जियमसँगको खेलपछि अभ्यासका क्रममा घाइते भएका हुन् । यसैले एमेन माथलौथी पानामाविरुद्ध खेल्दै छन् । यस्तै घाइते रहेका डिफेन्डर डेलन ब्रोन पनि हुने छैनन् ।

इंग्ल्याण्डसँग ६-१ ले हारेको खेलपछि एक खेलको प्रतिबन्धमा रहेका पानामाका मिचाल मुरिल्लो र अर्मान्डो कुपर ट्युनिसियाविरुद्धको खेलमा हुने छैनन् । दुवै टिमबीच हुन लागेको यो पहिलो भेट हो ।

ट्युनिसिया विश्वकपका पछिल्ला १३ खेलमा जितविहीन छ । जसमा चार खेल बराबरी गरेको छ भने नौ खेल हारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?