Comments Add Comment

सार्वजनिक जग्गा बेच्न जनप्रतिनिधिले ८० लाख बुझेको खुलासा

मेयर भन्छन् : विजयलाई चिन्दिनँ

१४ असार, रौतहट । गौर राइस मिलको ५ विघा १९ कठ्ठा १५ धुर जग्गा मिलाइदिने भन्दै स्थानीय दलका नेताहरुले स्थानीय चुनावअघि नै जग्गा व्यवसायीसँग लाखौं पैसा बुझेको खुलेको छ । उनीहरुमध्ये एक अजय गुप्ता गौर नगरपालिकाका मेयर छन् ।

राइस मिल बन्द भएपछि यो जग्गालाई स्थानीय युवाहरुले खेल मैदानका रुपमा प्रयोग गर्दै आएका छन् । पछिल्लो समय भूमाफियाहरुले जग्गा किनबेचका लागि चलखेल गरेको भन्दै स्थानीयबासीले आन्दोलन नै सुरु गरेका छन् ।

तर, जग्गा किन्ने तयारीमा रहेका जनकपुरधामका विजय यादवले बिहीबार गौरमा पत्रकार सम्मेलन गरेर आफू भूमाफिया नभई जग्गा व्यवसायी भएको बताएका छन् ।

उनका अनुसार जग्गा बिक्री गर्ने वातावरण बनाउन स्थानीय दलहरुलाई मिलाउनुपर्ने भन्दै १ करोड १० लाख दिने सहमति भएको थियो । त्यसमध्ये पटक पटक गरी ८० लाख गुप्ता र उनको समूहले बुझिसकेको उनले बताए ।

२०७३ पुस २८ गते जतिखेर गौरमा मधेस आन्दोलन चर्किरहेको थियो, त्यही बेला नेताहरु स्थानीय होटलमा जग्गा किनबेचका लागि डिल गरिरहेका थिए । जग्गाबारे बुझ्दा मालपोतले कानुनी समस्या नभएको तर, स्थानीयको विरोध रहेको भनेपछि आफू दलहरुसँग छलफलमा बसेको उनले बताए ।

राजनीतिक दलका नेताहरुको समूहले यादवलाई १ करोड १० लाख रुपैयाँ र खेलकुद मैदानका लागी ३ बिघा जग्गा उपलब्ध गराउनुपर्ने शर्त राखेका थिए । त्यसमध्ये शेख जमसेद, जो अहिले वडाअध्यक्ष छन्, उनको पेट्रोल पम्पमा ४० लाख रुपैयाँ, अजय गुप्ता, जो मेयर छन्, उनको होटेल सिया प्यालेसमा २० लाख रुपैया र राजपाका नेता अनिल सिंहलाई ९ लाख रुपैयाँ दिएको थिए ।

यो रकम चुनानको एक डेढ महिनाअघि आफू र आफ्नो टिमले दिएको उनले बताए । जग्गा किन्ने क्रममा आफूलाई नेपाल पत्रकार महासंघको रौतहट अध्यक्ष बनाउने व्यक्तिले समते दश धुर जग्गा दिनुपर्ने माग राखेको उनले सुनााए ।

गौर नगरपालिकाको कार्यालयभन्दा दक्षिणपट्टी रहेको ५ विघा १९ कठ्ठा १५ धुर जग्गालाई गौर नगरवासीले २०२८ सालदेखि खेलकुद मैदानका रुपमा उपभोग गर्दै आएका छन् ।

नगरपालिकाले जग्गालाई आˆनो स्वामित्वमा ल्याउन अधिग्रहणको प्रक्रिया अगाडि बढाएको बताएको छ । तर, मेयरले नै रकम बुझेको दाबीसहित जग्गा व्यवसायीले पत्रकार सम्मेलन गरेपछि जनप्रतिनिधिको भूमिकामा प्रश्न उठेको छ ।

अधिग्रहणको कुरा गरेर गौरवासीलाई झुक्याउने र खेलमैदान बेच्न खोज्ने दोहरो चरित्र देखाउनेविरुद्ध स्थानिवासीले प्रतिकार गर्नुपर्ने नेकपाका युवा नेता शम्भू साहले बताए ।

गौर नगरपालिकाका प्रमुख अजय गुप्ताले भने जग्गा कारोबारीको दाबी झुटो भएको बताएका छन् । ‘म निर्वाचित भएदेखि नै राइसमिलको जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढेको छ’ मेयर गुप्ताले भने ‘म कोही विजय यादवलाई चिन्दिन । केही दलालहरुले मलाई बदनाम गराउने प्रयास रेका हुनसक्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment