Comments Add Comment

सांसदको उपस्थितिमा पञ्चेवाजा बजाएर रोपियो मोरङमा धान

प्रदेश १ मा १४ प्रतिशत रोपाईं

१५ असार, विराटनगर । मोरङमा पनि धान रोपाईं गरेर राष्ट्रिय धान दिवस हर्षोल्लासपूर्वक मनाइएको छ ।

स्थानीय तहले आ-आफना क्षेत्रमा छुट्टाछुटै कार्यक्रम गरी धान दिवस मनाएका छन् ।

धान दिवसमा प्रदेशका मन्त्रीहरु, संघीय सांसद, प्रदेश सांसद, स्थानीय तहका प्रमुखलगायत कृषि कार्यालयका विशिष्ट अधिकारीहरुको सहभागिता रहेको थियो ।

सर्वसाधारणले पनि धान दिवसको अवसरमा हिलो खेलेर र रोपाईं गरेर रमाइलो गरेका छन् । धान दिवसमा धान रेाप्ने कार्यक्रममा पञ्चे वाजाको प्रयोग गरिएको थियो ।

क्षेत्रीय कृषि कार्यालयका वरिष्ठ कृषि अधिकृत राजेन्द्र उप्रेतीका अनुसार प्रदेश १ अन्तर्गत पर्ने १४ जिल्लामा १५ प्रतिशत धान रोपाईं सम्पन्न भएको छ । जसमा तराईका जिल्ला भन्दा पहाडी जिल्लामा धान रोपाईं गर्ने क्रम करिब ५० प्रतिशत पुरा भइसकेको छ ।

प्रदेश १ का १४ जिल्लामा करिव ३ लाख ३२ हजार हेक्टरमा धान खेती हुदै आएको छ ।

जसमा मोरङ, सुनसरी र झापा धान उत्पादनका हिसावले पकेट क्षेत्रका रुपमा मानिन्छ ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment