+
+

फिल्मको नाम ‘ल्याङ ल्याङ’, कार्यक्रम पनि ल्याङ ल्याङ

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १७ गते १४:५३


करण श्रेष्ठ ‘क्रेजी’को निर्देशनमा तयार हुन लागेको चलचित्र ‘ल्याङ ल्याङ’को आज घोषणा गरिएको छ । कमेडी र सामाजिक कथामा निर्माण हुन लागेको यो चलचित्रका प्रस्तुतकर्ता अमृतमाया श्रेष्ठ हुन् । चलचित्रमा सोम कुस्कु माझीको कथा, प्रदिपकुमार चौधरीको पटकथा तथा संवाद रहनेछ ।

चलचित्रमा नाजिर हुसेन, सुस्मिता बुर्लाकोटी, वुद्दि तामाङ, प्रदिप चौधरी, विजय बराल, भोला सापकोटा, कमलमणी नेपाल, राजन खतिवडा, सरित गिरी, देविराम पराजुली, दमन रुपाखेती लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

भदौको अन्तिम साताबाट सुरु हुने चलचित्रको छायांकन नेपाल, बहराइन र अष्ट्रेलियामा गर्ने निर्माणपक्षले बताएको छ । चलचित्रले एक ट्याक्सी ड्राइभरको कथालाई उठान गर्ने जानकारी कार्यक्रममा दिइएको थियो । चलचित्रमा साहिल खानको सम्पादन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, टंक बुढाथोकीको संगीत रहनेछ भने शंकर पाण्डे यसका प्रोडक्शन डिजाइनर हुन् ।

चलचित्रलाई कमेडी कथामा उत्कृष्ट बनाउने र कथाले नै सबै कुरा बोल्ने दाबी निर्देशक श्रेष्ठले गरेका छन् । चलचित्रको घोषणा कार्यक्रम निकै अव्यवस्थित थियो । कसले के बोल्ने र कसलाई बोल्न दिने भन्नेमा नै निर्माणपक्षको तालमेल देखिएको थिएन । चलचित्रको नाम जस्तै कार्यक्रम पनि ‘ल्याङ ल्याङ’ शैलीमा सकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?