Comments Add Comment

गैंडाकोट नगरपालिकाको वजेट ६२ करोड

१७ असार, नवलपरासी । गैंडाकोट नगरपालिकाको तेस्रो नगर सभाले ६२ करोड ३ लाख ८८ हजारको वजेट पास गरेको छ ।

गत असार १० सुरु भएको नगर सभा आइतबार, निति तथा कार्यक्रम सहित विभिन्न कार्यक्रम पास गर्दै समापन भएको हो ।

सभामा चालु खर्च, पूँजीगत खर्च र वित्तिय ब्यबस्थाको रकमसहित ६२ करोड ३ लाख बराबरको बजेट सार्वजनिक गरिएको हो । नगरपालिकाले कृषि तथा सिँचाइका कार्यक्रमलाई प्रमुख प्राथामिकतामा राखेको नगरप्रमुख छत्रराज पौडेलले जानकारी दिए ।

आईतबार नगरपालिकाका उप प्रमुख विष्णुकुमारी कंडेलद्वारा प्रस्तुत बजेटमा आन्तरिक राजश्वबाट ३ करोड ८० लाख , राजश्व बाँडफाँटँ बाट १ करोड, नेपाल सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदानबाट १५ करोड ५२ लाख, नेपाल सरकारबाट प्राप्त हुने सशर्त अनुदान बाट १८ करोड ८६ लाख नगरपालिकालाई आम्दानी हुने जनाइएको थियो ।

प्रस्तुत बजेटमा चालु खर्चबाट सामाजिक विकासका लागि १ करोड ७७ लाख ५० हजार बिनियोजन गरिएको छ भने आर्थिक विकासका लागि ७६ लाख ८० हजार, सुशासन तथा संस्थागत विकासका लागी ३५ लाख बिनियोजन गरिएको उप प्रमुख विष्णु कंडेलले जानकारी दिए ।

यस्तै पूँजगत खर्चतर्फ वडागत विभाजनमा ९ करोड ७५ लाख, सामाजिक विकासका लागि १ करोड १२ लाख ५० हजार, आर्थिक विकासका लागि ४ लाख २० हजार बिनियोजन गरिएको उप प्रमुख कंडेलले जानकारी गराए ।

संमृद्ध गैँडाकोट महाअभियानमा रहेको गैँडाकोट नगरपालिकाले पुर्वाधार बिकास, संरचना विकास, खुल्ला विश्वविद्यालय जस्ता योजनालाई प्रमुख प्राथामिकताका साथ अगाडि बढाएको हो ।

नगरसभाले गत असार १० गते प्रस्तुत भएको नीति तथा कार्यक्रमसमेत संशोधनसहित पास गरेको छ ।
नगरसभामा समय मागेर बोल्दै नगर सभा सदस्य ईश्वरीप्रसाद चापागाईले ६२ करोडको बजेट प्रस्तुत हुदाँ शिक्षामा ६० लाख मात्र बिनियोजन हुनु दुर्भाग्यपूर्ण भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment