+
+

नेपालगञ्ज डुबानमा, नदी किनारका बस्तीमा ‘हाई अलर्ट’

स्थानीयबासीलाई अग्लो स्थानको खोजी गर्न आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १८ गते १०:२३

१८ असार, बाँके । अबिरल वर्षाको कारण बाँकेको नेपालगञ्ज डुबानमा परेको छ । न्युरोड, सेतु विक चोक, विरेन्द्र चोक लगायतका क्षेत्र जलमग्न छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका बेलासपुर, धम्बोझी, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँके गाउँमासमेत डुबान भएको छ ।

बजार र ग्रामिण बस्ती नै डुबानमा परेपछि स्थानीयबासीको दैनिकी प्रभावित भएको छ । यातायात आवामन र व्यवसाय प्रभावित भएको स्थानीयबासीले बताएका छन् । स्कुल कलेज जाने विद्यार्थी, कर्मचारी र कामविशेषले घर बाहिर जानुपर्नेहरु समस्यामा परेका छन् ।

सुरक्षाकर्मी ‘हाई अलर्ट’

नेपालगन्ज पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र हो । यहाँ वर्षेनी हुने डुबान हुने गरे पनि समस्या समाधानको उचित पहल भएको छैन । पानी निकासको प्रवन्ध नमिलाउँदा र सीमा क्षेत्रमा भारतीय पक्षले बाँध बाँध्दा नेपालगन्ज डुबानमा पर्ने गरेको छ । भारतले अन्तर्राष्ट्रिय नियम विपरीत लक्ष्मणपुर बाँध, कल्कलवा तटबन्ध र सीमा सडक निर्माण गरेपछि वर्षेनी गाउँ डुब्ने गर्दछन् ।

वर्षाले राप्ती नदीमा पानीको सतह बढ्न थालेकाले तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले सूचित गरेको छ । उद्धारका लागि सुरक्षाकर्मीलाई ‘हाईअलर्ट’मा राखिएको छ ।

प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बाँकेको डुडुवा, राप्तीसोनारी र नदी आसपासका नागरिकलाई अग्लो तथा सुरक्षित स्थानको खोजी गर्न आग्रह गरिएको बताए ।

यो पनि पढ्नुहोस्

वीरगञ्जलाई पानीले डुबायो, सरकारी हाकिम भन्छन्– डुब्नु स्वाभाविक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?