Comments Add Comment

माडीमा पुल भासियो, रिउ खोलाको पानी सतह खतराभन्दा माथि !


१८ असार, चितवन । गएराति देखिको अविरल वर्षा र बाढीले चितवनको माडी–ठोरी सडकखण्डको रौतनी खोलाको पुल भाँसिएको छ । रिउ खोलाको पानी सतह खतराभन्दा माथि पुगेपछि प्रहरीले सतर्क रहन अपिल गरेको छ ।

रौतनी खोलाको पुल भाँसिएपछि माडी–ठोरी सडकखण्ड अवरुद्ध बनेको छ ।बाढी र डुवानका कारण जिल्ला सदरमुकामसँग माडीको यातायात सम्पर्क विच्छेद भएको छ । यो क्षेत्र बर्सेनि बाढीको चपेटामा पर्ने गरेको छ । गतवर्ष पनि माडीमा बाढीले ठूलै जनधनको क्षति भएको थियो ।

माडीको अधिकांश क्षेत्र जलमग्न भएकाले उच्च सर्तकता अपनाउन प्रहरीले आग्रह गरेको छ ।

माडीमा अधिक ठाडो खोलाहरु रहेका छन् । वर्षाले अधिकांश खोलाको पानीको बहाव बढेको छ । खोलामा पुल नभएकाले आवातजावत प्रभावित भएको छ ।

रिउ खोलाको पानी सतह खतराभन्दा माथि

माडीको रिउ खोलामा पानीको सतहले खतराको लेभल पार गरेको छ । सो नदीमा खतराको तह ३.५ मिटर रहेकोमा अहिले पानीको सतह ३.५५७ रहेको हाइड्रोलोजी विभागले जनाएको छ । माडीको रिउ खोलामा पक्की पुल भएका कारण सो नगरपालिकाका केही वडामा जान सजिलो भएपनि नगरपालिकाको केन्द्र वसन्तपुर बजार जान भने बाढीका कारण असम्भव बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment