Comments Add Comment

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

१८ असार, काठमाडौँ । मोटरसाइकल दुर्घटनामा परी सोमबार एकजनाको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका–२ नारायणहिटी दरबारको उत्तरढोकामा दुर्घटना हुँदा मोटरसाइकल चालक सोलुखुम्बु केरुङ–५ का विशाल तामाङको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सुरेन्द्र मैनालीले जानकारी दिए ।

बा७१प ७८४३ नंको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिँदा तामाङ गम्भीर घाइते भएका थिए । उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएकोे हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment