Comments Add Comment

काठमाडौंको सडक, पानी पर्नै नहुने ! हेर्नुस् १४ तस्वीर

१८ असार, काठमाडौं : मनसुन पूर्ण रुपमा सक्रिय भएसँगै देशैभर वर्षा भएको छ । सोमबार बिहानैदेखि वर्षा भएपछि काठमाडौंका धेरै सडक जलमग्न भएका छन् । कतै नाली पुरिएका कारण सडकमा पानी जमेको छ भने कतै खाल्डाखुल्डीमा पानी जमेको छ ।

घाम लाग्दा बेस्सरी धुलो उड्ने काठमाडौंको सडक पानी परेपछि भने हिलाम्य भएको छ । सडकमा पिच भत्किएर बनेका ठूला खाल्डोमा पानी जम्दा सवारी चालक र पैदलयात्रीलाई समेत समस्या परेको छ । काठमाडौंको वौद्धमा पानी परेपछि सडक हिलाम्य भएको छ ।

खाल्डाखुल्डी र पानी जम्ने समस्या काठमाडौंको वौद्ध क्षेत्रको सडकमा धेरै देखियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा हायात होटलसम्मको सडक कालोपत्रे भए पनि त्यसदेखि परको सडक जीर्ण छ ।

सडकका ठूला खाल्डामा पानी जम्दा मोटरसाइकल, कारलगायत साना सवारी साधनहरु गुडाउनसमेत समस्या भएको छ । सडक किनार र पेटीबाट हिँड्ने पैदलयात्रीसमेत गाडीले हिलो छेप्ने डरले जोगिएर हिँड्नुपरेको छ ।

                   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment