Comments Add Comment

सोसल मिडियाका यी ५ आनीबानी, जो खतरनाक सावित हुन सक्छन्

मानिसहरुबीच सञ्चार तथा नेटवर्किङका लागि सुरु भएको सोसल मिडिया प्लाटर्फमहरु अहिले इन्टरनेटमा धेरै मानिसका लागि लाइफलाइन बनिसकेका छन् । मानिसहरुलाई एक आपसमा जोड्नका लागि सोसल मिडियामा निकै सजिलो तथा शानदार तरिका बनेको छ ।
यद्यपि कतिपय मानिसहरु लोकपि्रय अर्थात् भाइरल हुने र धेरै मानिसको ध्यान खिच्ने प्रयासमा गलत तरिका अपनाउँछन् । कहिलेकाहीँ प्रयोगकर्ताले अञ्जानमै आफ्नो लोकेसन शेयर गर्दछन्, जसका कारण प्रयोगकर्ताको निजि जानकारीको खुलासा हुन पुग्दछ ।
ग्लोबल २०१७ नर्टन सायबर सेक्योरिटी इनसाइट्सको रिपोर्ट अनुसार अघिल्लो वर्ष अध्ययनमा संलग्न गरिएका जम्मा २० वटा देशमा ह्याकरहरुले ९७ करोड ८० लाख सोसल मिडिया प्रयोगकर्ताको १७ करोड २० लाख डलर हात पार्न सफल भएका छन् ।
३० जूनमा हरेक वर्ष सोसल मिडिया दिवसको रुपमा मनाइन्छ । टि्वटर, फेसबुक, स्नापच्याट तथा इन्स्टाग्राम अकाउन्टमा तपाईं सोसल मिडिया डे सेलिब्रेट गर्दै हुनुहुन्छ भने तपाईंले केही कुराहरु थाहा पाउनैपर्ने हुन्छ । यसबाट तपाईं स्टकिङ, साइबर बुलिङ, चोरी तथा ट्रोल हुनबाट बच्न सक्नुहुनछ ।
१. सबै कुरा पब्लिक पोष्ट नगर्नुहोस्, गोपनीयतालाई गम्भीर रुपमा लिनुहोस् : आफ्ना हरेक पोष्टलाई पब्लिक बनाउनु कुनै चलाखी होइन । सबै सोसल मिडिया साइटहरुमा निश्चित प्रयोगकर्ताका लागि मात्र आफ्ना पोष्टहरु देखाउने विकल्प रहेको हुन्छ । सबैखाले सेटिङको प्रयोग गरी हेर्नुस् र आफुलाई जुन चाहिँ उत्कृष्ट लाग्छ, सोही छनोट गर्नुहोस् ।
फेसबुक र टि्वटर दुबैमा तपाईं कस्टम लिमिट बनाएर आफ्नो पोष्टलाई निश्चित मानिसले मात्र देख्न सक्ने गरी सेट गर्न सक्नुहुन्छ । तर ध्यान राख्नुहोस् कि प्राइभेसी सेट गरिसकेपछि पनि तपाइँ अनलाइनमा पूर्णरुपमा सुरक्षित चाहिँ हुनुहुन्छ । त्यसैले तपाईं जुन चिजलाई सार्वजनिक गर्न चाहनुहुन्छ, त्यस्ता कुरालाई फेसबुकमा पोष्ट नगर्दा नै बेस हुन्छ ।
२. जोसुकै सँग साथी नबन्ने : केहीवर्ष अघिसम्म सोसल मिडिया प्रयोगकर्तामा धेरै भन्दा धेरै साथी बनाउने होड चल्थ्यो । तर अहिले स्मार्ट प्रयोगकर्ताहरुलाई थाहा छ कि जतिधेरै मानिससँग सोसल मिडियामा जोडियो आफ्ना पोष्टमा नियन्त्रण कायम राख्न उति नै बढी मुस्किल हुन्छ । त्यसैले जोसँग तपाईंको वास्तविक रुपमा चिनजान छ, उसलाई मात्र सोसल मिडियामा एड गर्नुहोस् । सोसल मिडियामा साथीसँग कुनै समस्या उत्पन्न भएको खण्डमा ब्लक गर्न सकिने फिचर त छँदैछ ।
३. अति व्यक्तिगन नहुने : सोसल मिडियाहरु हरक्षण ह्याकरहरुकेा निसानामा हुन्छन् । त्यहाँबाट तपाईंको जन्ममिति, पढाइ, रुचीको विषय जस्ता कैयन् जानकारीहरु प्राप्त गरी त्यसलाई आफ्नो फाइदाका लागि प्रयोग गर्न ह्याकरहरु तल्लीन हुन्छन् ।
आफ्ना व्यक्तिगत कुराहरु धेरै पोष्ट नगर्नुहोस् । केही पोष्ट गर्नुअघि आफ्नो अनलाइन जिन्दगीका हरेक आयामहरुको बारेमा सोँच्नुहोस् । तपाईंले पोष्ट गरिरहेका कुनैपनि आफ्ना निजी जीवनका तथ्यहरु तपाईंको गोपनीयताको रहस्योद्घाटन गर्ने कुरा त होइनन् ?
४. लगआउट गर्न नभुलौं : यदि तपाईं कुनै साइबर क्याफे आदिमा गई पब्लिक कम्प्युटरको प्रयोग गरी सोसल मिडिया चलाउनुहुन्छ भने काम सकिएपछि आफ्नो अकाउन्ट लगआउट गर्न नभुल्नुहोस् ।
आफ्नो प्राइभेट कम्प्युटर तथा स्मार्टफोनमा पनि जतिबेला सुकै सोसल मिडिया प्लेटर्फममा लगइन भइरहनु राम्रो हुँदैन । सोसल मिडिया चलाइसकेपछि अकाउन्ट लगआउट गर्नाले तपाईंको अकाउन्ट कुनै पनि समय ह्याक हुने खतरा कम हुन्छ ।
५.एउटै पासवर्ड प्रयोग नगर्ने : जुन पासवर्डको प्रयोग तपाईं टि्वटरका लागि गर्नुभएको छ, त्यसैलाई फेसबुक, इन्स्टाग्राम लगायतका सोसल मिडियामा पनि प्रयोग गर्नुहुन्छ भने सावधान । यसो नगर्नुहोस् ।
सबै सोसल मिडिया अकाउन्टका लागि एएटै पासवर्ड प्रयोग गर्नु सुरक्षाका दृष्टिले खतरनाक हुनछ । ह्याकरले कसैगरी एउटा अकाउन्ट ह्याक गर्यो भने तपाइँका सबै अकाउन्ट ह्याक हुने जोखिम रहन्छ । त्यसैले फरक फरक सोसल साइटका लागि फरक फरक पासवर्डको प्रयोग गर्नुहोस् ।
एजेन्सी
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment