+
+

मूल्य समायोजन गरेन आयल निगमले, साविककै मूल्यमा बिक्री गर्न आग्रह

'पाक्षिक घाटा ३ करोड ६२ लाख'

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १९ गते १०:३५

१९ असार, काठमाडौं । स्वचालित मूल्य प्रणालीअनुसार हरेक १५ दिनमा इन्धनको मूल्य समायोजन गर्दै आएको नेपाल आयल निगमले यसपटक भने मूल्य यथावत राखेको छ ।

निगमले सोमबार विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा मूल्य बढिरहे पनि अर्को निर्णय नहुन्जेलसम्म साविककै मूल्यमा पेट्रोलियम पदार्थ बिक्री वितरण गर्न सबैमा आग्रह गरेको छ ।

निगमले ०७१ असोजदेखि हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ । तर इन्डियन कर्पोरेसनले पठाएको पछिल्लो मूल्य अनुसार थप-घट गर्नुपर्ने हिसाब नआएकाले साविककै डिपो तथा खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिने निगमको सूचनामा उल्लेख छ ।

निगमका अनुसार अहिले पेट्रोलमा प्रतिलिटर १.७६ नाफा र डिजेलमा ०.६८ रुपैयाँ घाटा व्यहोर्दै आएको छ । एलपी ग्यासमा पनि निगमलाई झण्डै २३३.९० घाटा छ । पेट्रोल, मट्टीतेल र हवाईइन्धनको नाफा मिलान गर्दा अझै पनि पाक्षिक घाटा ३ करोड ६२ लाख हुने निगमको भनाइ छ ।

हेर्नुहोस् निगमको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?