Comments Add Comment

बाढी तथा पहिरो प्रभावितलाई अत्यावश्यक सामग्री उपलब्ध गराउन कांग्रेसको माग

१९ असार, काठमाडौं । नेपाली कांग्रेसले बाढी तथा पहिरोका घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावितलाई अत्यावश्यकीय सामग्री उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले जनधनको क्षतिप्रति दुःख र पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेको हो ।

‘प्राकृतिक विपतको यस संवेदनशील घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई प्रभावकारी रुपमा तत्काल सञ्चालन गर्न तथा पीडितका परिवारलाई अति आवश्यक सामाग्रीहरु— खाद्यान्न, लत्ता कपडा, भाँडाकुडा, औषधि र अस्थायी बसोबासको यथाशीघ्र उचित प्रबन्धका लागि सरकारसँग नेपाली कांग्रेस आग्रह गर्दछ’, कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले बाढी, पहिरो र डुवानका कारण क्षति भएका भौतिक पूर्वाधारहरुको यथाशीघ्र पुनर्निर्माण गर्न पनि सरकारसँग माग गरेको छ ।

बाढी र पहिरो पीडितहरु राहत र उद्धार पर्खिरहेकाे भन्दै कांग्रेसले त्यसमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment