Comments Add Comment

म्यानचेस्टरदेखि मस्कोसम्मः जीतपछि इंल्याण्डका फ्यानको सडकमै पार्टी

२० असार, काठमाडौं । रुसको मस्कोमा भएको विश्वकप खेलमा पेनाल्टी सुटआउटमा कोलम्बियालाई हराएपछि इंल्याण्डका फुटबल समर्थकहरुको खुसीले सीमा नाघेको छ ।

जब सब्सिटिच्युट एरिक डायरको निर्णायक पेनाल्टी हाने, थ्री लायन्सलाई क्वार्टरफाइनलमा पुर्यायो, अनि समर्थकहरुको खुसीको सीमा टुट्यो ।
१५ सय माइल टाढा भएको खेलमा मैदानमा खेलाडीहरुले देखाएको उत्साह इंग्ल्याण्ड भरिका फ्यानजोनमा प्रतिबिम्बित भएको थियो र उनीहरु सडकमै निस्केर जीतको खुसीयालीमा पार्टी गर्न थाले ।

त्यसअघि क्याप्टेन हृयारी केनको दोस्रो हाफको पेनाल्टी गोलले कोलम्बियालाई दबाव परेको थियो र इंग्ल्याण्डले शनिबार स्वीडेनसँग क्वाटरफाइनल खेल्ने सम्भावना बढाएको थियो ।

तर, कोलम्बियाका यारी मिनाले अन्तिम समयमा गरेको बराबरी गोलले इंग्ल्याण्डको अर्को राउण्डमा प्रवेश गर्ने आशालाई केहि कठिन बनाइदिएको थियो ।

रुसमा प्रत्यक्ष खेल हेर्ने समर्थकहरु पनि धेरै नै खुसी भएका थिए । ‘जब उनीहरुले अन्तिम समयमा बराबरी गरे मलाई लाग्यो हामी अब बाहिरिने छौं’ रुसमा प्रत्यक्ष खेल हेरकी चारमेन क्रिस्टीले भनिन्, ‘यो हाम्रो भाग्यमा छैन् र आज पनि एक अर्को दुःखद रात हो ।’

‘तर, हाम्रो टिमले पेनाल्टीमा राम्रो गर्यो, उनीहरुले हार मानेनन् । पेनाल्टी राम्रो थियो र अन्तिममा हामीले जित्यौं’ उनले भनिन्, ‘हामी अहिले नै घर जाँदैनौं । इंग्ल्याण्डले फाइनल खेल्ने छ ।’

अर्की इंग्ल्याण्डकी समर्थक म्याक्सिन थोम्सनले ले भनिन्, ‘यो हृदयविदारक छैन बरु यो त हृदयघात जस्तो छ । मेरो मुटु नै फुट्लाजस्तो भएको थियो ।’

इंग्ल्याण्डले क्वाटरफाइनलमा शनिबार स्वीडेनसँग खेल्ने छ । यो विश्वकपमा क्याप्टेन हृयारी केनको नेतृत्वमा रहेको इंग्ल्याण्डका युवा खेलाडीहरुले भरिएको टिमबाट समर्थकहरुले धेरै आशा गरेका छन् ।

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment