Comments Add Comment

बाढी पहिरोबाट ५ दिनमा २६ जनाको मृत्यु

२० असार, काठमाडौं । असार १५ देखि २० गतेसम्म मुलुकका विभिन्न जिल्लामा आएको बाढी र पहिरोमा परी २६ जनाले ज्यान गुमाएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले पछिल्ला केही दिनको बाढी र पहिरोले पुर्‍याएको क्षतिको विवरण दिदै १५ गतेदेखि आजसम्म २६ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।

बाढीमा परी २ जना बेपत्ता भएका छन् भने झण्डै दर्जन घाइते भएका छन् ।

गृहमन्त्रीले दिएको जानकारीअनुसार, कैलालीमा १ , बाँकेमा ४, सिन्धुलीमा २, रोल्पामा ३, चितवनमा १ , पर्सामा २ , काठमाण्डौमा १, सर्लाहीमा २ जना, तनहुँमा २ ,उदयुरमा १, सिरहामा १, दाङ १, मकवानपुरमा २, महोत्तरी १, बर्दियामा १ , बारामा १जनाको मृत्यु भएको हो ।

उनले बाढी प्रभावित स्थानमा तत्काल राहत र उद्धारको काम सुरु गरिसकेको पनि स्पष्ट पारे । उनले मौसमविद्हरुको पूर्वअनुमान ठुलो क्षतिको संभावनालाई मध्यनजर गर्दै सरकारले जोखिम न्युनीकरणका लागि आवश्यक तयारी गरिएको जानकारी दिए ।

उनले विपद जोखिम न्यूनिकरण राष्ट्रिय परिषद्को बैठक बसिरहेको र आवश्यक पूर्वतयारी भइरहेको जानकारी दिए । उनले बाढी प्रभावितको राहत र उद्धारका लागि आवश्यक बजेट विनियोजन गरी जोखिमयुक्त स्थान पहिचान गरी राहत सामग्री पुर्याउने काम भइरहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment