Comments Add Comment

मल्लिका सेरावत भन्छिन्ः सेक्स अफर नमान्दा फिल्म गुमाएँ

एक समय बलिउडकी सेक्सी नायिकाको रुपमा चर्चा कमाएकी मल्लिका सेरावत आजकाल ओझेलमा छिन् । लामो समयदेखि उनले कुनै फिल्म पाएकी छैनन् ।

उनले फिल्म ‘मर्डर’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् । पहिलो फिल्ममा नै हट सिन दिएकी उनलाई त्यसपछि पनि यस्तै सिनका लागि अफर आउन थाले । उनले केही फिल्म गरिन् । त्यसपछि उनको छवि नै बिगि्रयो ।

अनि त उनलाई फिल्ममा अफर गर्ने निर्माता निर्देशकले ठाडै सेक्स अफर गर्न थाले ।

एक अन्तरवार्तामा मल्लिकाले भनेकी छन्, ‘सेक्स अफर नमान्दा मैले धेरै फिल्म गुमाएकी छु ।’

निर्माता-निर्देशकले मात्र नभएर फिल्मका नायकाले समेत आफूसँग यस्तो अफर गर्ने गरेको उनको गुनासो छ ।

‘फिल्ममा सेक्स सिन दिन सक्छौ भने रियलमा किन आपत्ति ?’ मल्लिकालाई सबैले यही भन्थे ।

उनी भन्छिन्, ‘हामीकहाँ महिलाले लगाउने कपडाको आधारमा उनको चरित्रको मूल्यांकन गर्ने परिपाटी छ । मैले छोटो कपडा लगाएर फिल्ममा अभिनय गरेकी हुनाले धेरैले मलाई खराब चरित्रकी सोच्छन् । तर, वास्तविक जीवनमा म त्यस्ति छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment