Comments Add Comment

धोनीको बायोपिकको पनि सिक्वेल बन्ने

लोकप्रिय भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीको जीवनमा आधारित बायोपिक ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ दुई वर्षअघि निकै हिट भएको थियो । अब यस फिल्मको बायोपिक बन्ने चर्चा सुरु भएको छ ।

मिड डे अखबारमा प्रकाशित समाचार अनुसार अर्को वर्ष प्रदर्शन गर्ने लक्ष्यका साथ फिल्मको तयारी सुरु भएको हो । यसमा धोनीको भूमिका फेरि एकपटक सुशान्त सिंह राजपूतले नै निभाउनेछन् ।

यसअघिको बायोपिकले धोनीले विश्वकप क्रिकेट भारतलाई जिताउँदासम्मको कथा बयान गरेको थियो । सिक्वेल अब यहाँबाट अगाडि बढ्ने बताइएको छ । यसमा धोनीले आइपीएलमा चेन्नई सुपर किङ्सको कप्तानी सम्हालेकोदेखि विजेता बनाएकोसम्म घटना समेटिने ।

साथै फिल्ममा धोनीको व्यक्तिगत जीवनलाई पनि फोकस गरिनेछ । सन् २०१५ को विश्वकप क्रिकटमा भारत सेमिफाइनलमा पुग्दाको रोमाञ्चक खेलहरु यसमा देखाइनेछन् ।

फिल्मको लागि सुशान्तले तयारी सुरु गरिसकेको बताइन्छ । उनी नियमित क्रिकेट अभ्यास गरिरहेका छन् । नायिकामा भने दिशा पटानी दोहारिने छिन् वा अर्कै नायिका लिइने छ भन्ने तय भएको छैन ।

फिल्म ‘एमएस धोनीः एन अनटोल्ड स्टोरी’ लाई निरज पाण्डेले निर्देशन गरेका थिए । यो सन् २०१६ मा भारतको सबैभन्दा सफल फिल्मको सूचीमा तेस्रो नम्बरमा रहेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment