Comments Add Comment

मनसुन फेसनः वर्षायाममा कस्तो ड्रेसअप स्टाइलिस देखिन्छ ?

वर्षायाम भन्ने बित्तिकै हाम्रो दिमागमा सबैभन्दा पहिले के आउँछ ? झमझम पानी परिरहेको रमाइलो वातावरण वा गाउँका फाँटहरुमा हिलो खेल्दै रोपाई गरिरहेको दृश्य मानसपटलमा घुम्न थाल्छ होला ।

वर्षायामको समयमा हामीलाई बाहिर हिँड्न धेरै गाह्रो हुन्छ । अझै नेपालको सडकहरुमा वर्षायाममा यात्रा गर्नु त धेरै नै जोखिम पनि हुन्छ । यस्तोमा तपाईंलाई वर्षायाममा के पहिरिने, कस्तो कपडा लगाउँदा ठिक हुन्छ भन्ने चिन्ताले सताएको हुन सक्छ ।

तपाईं के पहिरिने वा के नपहिरिने भनेर सोचिरहनुभएको छ भने हामी तपाईंलाई आज मनसुन फेसनको केहि यस्ता ट्रेन्डको जानकारी दिन गइरहेका छौं जसले तपाईलाई वर्षायाममा उपयुक्त फेसन अपनाउन सहयोग गर्छ ।

सामान्यरुपमा धेरै मानिसहरुले वर्षायाममा त जस्तो कपडा लगाएपनि भैहाल्छ नी भनेर खासै सपिङ गर्न खोज्दैनन तर, यो मौसममा पनि फेसनका नयाँ नयाँ प्रयोग गर्ने धेरै मौकाहरु हुन्छन् ।

त्यसैले स्टाइलिस फेसन र पर्सनालिटीले धेरै अर्थ राख्ने आजको यो युगमा तपाईले वर्षायाम त होनी जे लगाएपनि हुन्छ भनेर आफ्नो गेटअपमा सम्झौता गर्नुभन्दा वर्षायामको लागि उपयुक्त हुने फेसन ट्रेन्ड अपनाउदा धेरै राम्रो हुन्छ ।

वर्षायामको लागि उपयुक्त पहिरनको छनौट यसरी गर्नुहोस्

स्मार्ट देखिनको लागि ट्रेन्चकोट

वर्षातमा सट्र्स, मिनिस्कर्ट त धेरै नै चलनमा रहन्छ तर आजभोली युवतीहरुको फेसन ट्रेन्डको कुरा गर्ने हो भने ट्रेन्चकोट एक राम्रो विकल्प हुन सक्छ । वर्षायाममा कटन, लाइक्रा जस्ता टेक्सचरका ट्रेन्चकोट धेरै राम्रो हुन्छ ।

रातो, पर्पल, अरेन्ज, हरियो जस्ता रंग यो मौसमको पर्फ]{ट रंग हो । यो सीजनमा तपाइर्ं फूलको बुट्टा भएको पि्रन्टेड ट्रेन्चकोट लगाउँदा राम्रो देखिन्छ ।

तपाईंको जुत्ता खास होस

वर्षायाममा बाटो हिलो र चिप्लो हुने भएकाले हाइ हिलको सट्टामा युवतीहरुले लगाउन सजिलो हुने भएकोले स्लिपर्स रोज्ने गर्छन् । तर, यदि तपाईं केहि खास गर्न चाहनुहुन्छ भने गमबुट र म्याकविन हिल्स लगाउन सक्नुहुन्छ । यो आरामदायी त हुन्छ नै साथै छोटा कपडाहरुको साथमा स्टाइलिस पनि देखिन्छ ।

त्यस्तै तपाईं बुट लगाउनुहुन्छ भने मनसुनमा कालो वा खैरो लेदरको बुटनै प्रयोग गर्न राम्रो हुन्छ । रंगको कुरा गर्दा यो मौसम कलरफुल फुटवेयरको लागि सबैभन्दा राम्रो हुन्छ । तपाई औपाचारिक पोशाकमा भने उज्यालो रंगको फुटवेयरको प्रयोग गर्न सक्नुहुन्छ ।

वर्षायाममा कस्ता ब्याग र बेल्ट प्रयोग गर्ने ?

चाहे ब्याग होस् वा बेल्ट, वर्षायामको फेसनको कुरा गर्दा त्यसमा फंकी लुक्स नै सबैभन्दा सुहाउँछ । यो मौसममा लेदर हृयान्डब्यागको सट्टा कपडा, जुट वा रेग्जिन जस्ता अन्या विकल्प रोज्दा राम्रो हुन्छ । फ्लावर प्रिन्टवाला ब्यागहरु पनि यो मौसममा चलनमा छ । बेल्टमा भने पहेँलो र रातो जस्ता बोल्ड रंगहरु राम्रो देखिन्छ ।

सप्तरंगी होस छाता

वर्षातको समयमा बाहिर निस्कने समयमा छाता वा रेनकोट नभई हुँदैन । यहि नभइ नहुने आवश्यकतालाई अलिकति ध्यान दिने हो भने यसले हामीलाई फेसनेवल र स्टाइलिस देखाउँछ ।

आजभोली फ्लोरल पि्रन्टकेा पारदर्शी छाता धेरै नै चलनमा छ । यस बाहेक तपाइर्ंले अरेन्ज, ओलिभ गि्रन जस्ता रंगहरुको संयोजन भएको छाता पनि प्रयोग गर्न सक्नुहुन्छ । एकै रंगको भन्दा पनि मिश्रति रंगको छाता सुहाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment