Comments Add Comment

विश्वकपको असर कि साम्राज्ञीको घट्दो क्रेज ?


अहिलेकी नम्बर एक नायिका मानिने साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनय गरेका दुई चलचित्र ‘कायरा’ र ‘इन्टु मिन्टु लण्डनमा’ डेढ महिनाको अन्तरमा रिलिज हुँदैछन् । यी दुबै चलचित्रका मेकरहरु साम्राज्ञीको स्टारडमले फाइदा पुग्छ भन्नेमा आशावादी छन् ।

तर, ‘कायरा’को ट्रेलरले युटुबमा आएयता सोचिएजस्तो गज्जब प्रतिक्रिया र भ्यूज पाउन सकेको छैन । आर्यन सिग्देल र साम्राज्ञीको जोडी रहेको चलचित्रको चर्चा कमजोर छ ।

अर्कोतिर, निर्देशक रेनशा वान्तवा राइको महत्वकांक्षी चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ ले पनि त्यस्तो आकर्षक भ्यूज र चर्चा पाएको छैन । साम्राज्ञीको स्टारडममा यो आँकडा कम हो ।

हुनत, यतिबेला विश्वकप फुटबलको रौनक छ । यसैले पनि युटुबमा भ्यूज नगएको कारण देखाउन सकिएला । तर, साम्राज्ञीको क्रेज ‘ए मेरो हजुर २’ रिलिज हुँदा जस्तो थियो, त्यो अहिले कमजोर बनेको भने आँकलन गर्न सकिन्छ ।

कतै ट्याटु काण्डले उनको क्रेज कमजोर बनाएको त होइन ? या एउटै खालको भूमिका गर्दा दर्शकले उनलाई पत्याउन छाडेका हुन् । पाँचौ चलचित्रसम्म आइपुग्दा साम्राज्ञीले आफ्नो भूमिकामा परिवर्तन ल्याउन नसक्दा दर्शकलाई पट्यार लाग्न थालेको हो ?

अहिले यस्ता खालका प्रश्न साम्राज्ञीलाई लिएर उब्जन थालेका छन् । साम्राज्ञी चलचित्रमा गरेको अभिनय भन्दा पनि पारिश्रमिकको चर्चाले बढी घेरिन थालेकी छिन् । नेपालमा महंगो पारिश्रमिकको हल्ला चलाउने कलाकारको शैलीलाई दर्शकले खासै रुचाएको पाइदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment