Comments Add Comment

गोविन्द केसीले भने- मेरो हेरचाह यहीँका मान्छेले गर्छन्

केसीको स्वास्थ्य अत्तालिनुपर्ने अवस्थामा छैनः चिकित्सक

फाइल तस्वीर ।

२१ असार, काठमाडौं । आफ्नो स्वास्थ्य परीक्षणका लागि काठमाडौंबाट जुम्ला पुगेको चिकित्सकको टोलिलाई डाक्टर गोविन्द केसीले काठमाडौं फर्किन आग्रह गरेका छन् ।

स्वास्थ्यमन्त्री उपेन्द्र यादवको निर्देशनमा काठमाडौंबाट बिहीबार दिउँसो जुम्ला पुगेको चिकित्सकको टोलीले स्वास्थ्य जाँच गरेपछि डाक्टर केसीले आफ्नो हरेचाह र उपचार कर्णालीकै मान्छेले गर्ने भन्दै काठमाडौं फर्किन आग्रह गरेका हुन् ।

‘तपाइँहरु मेरो चिन्ता गरेर यहाँसम्म आउनुभयो त्यसका लागि धन्यवाद,’ डाक्टर केसीले भने,’मेरो हेरचाह र उपचार यहीँका मानिसले गर्छन्।’

डा। केसीले फिर्ता जान आग्रह गरेको कुरा स्वास्थ्य मन्त्रालयमा जानकारी गराउँदा उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले भने जुम्ला बसेर डा। केसीको स्वास्थ्यबारे निरन्तर निगरानी गर्न निर्देशन दिएको स्वास्थ्यमन्त्रीका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिएका छन् ।

स्वास्थ्य मन्त्री यादवलाई उद्धृत गर्दै चौरसियाले भने, ‘ डा. केसीले फिर्ता हुन भनेपनि तपाइँहरु त्यही बसेर वहाँको स्वास्थ्य परीक्षणमा खटिनुस् । वहाँको स्वास्थ्य विग्रिन नदिने हाम्रो जिम्मेवारी र दायित्व हो ।’

बिहीबार जुम्ला पुगेका डा। जीवन थापा र सुभाष रेग्मीले अनशनरत डा। गोबिन्द केसीको स्वास्थ्य परीक्षण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment