Comments Add Comment

पाकेटमारीमा किशोरहरुको ‘साम्राज्य’, ९ जना समातिए


२२ असार, काठमाडौं । पाकेटमारी, चोरी तथा लागू पदार्थको बिक्री–वितरणमा ‘किशोर’हरु बढी संलग्न हुने गरेको पाइएको छ । प्रहरीले केही दिनको अन्तरालमा राजधानी काठमाडौंबाट चोरी तथा लुटपाटमा संलग्न झण्डै आधा दर्जन किशोर पक्रेपछि यस्तो तथ्य बाहिरिएको हो ।

महानगरीय प्रहरी वृत्त, गौशालाले चोरी तथा पाकेटमारी नियन्त्रणका लागि असार १६ देखि २० गतेसम्म अभियान सञ्चालन गरेको थियो । अभियानका क्रममा चोरी तथा पाकेटमारीमा संलग्न ५ जना समातिए । तीमध्ये ३ जना किशोर छन् भने १ जना २० र अर्का एक ३९ वर्षका युवा छन् ।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा उनीहरुले योजनाबद्ध ढंगले पकेटमारी तथा चोरी गर्ने गरेको खुलेको छ ।

महानगरीय प्रहरीले जनाएअनुसार रातोपुलबाट पाकेटमारी गर्दै गरेको अवस्थामा १९ वर्षीय प्रतीक बस्नेत, वर्ष १९ कै पवनराज गिरी र उदयपुर कटारी नगरपालिका १२ का १७ वर्षीय राजकुमार बस्नेत पक्राउ परेका छन् । त्यसैगरी प्रहरीले पाकेटमारीमै संलग्न २० वर्षीय विनोद खड्का र ३९ वर्षीय अल्लाद दासलाई पक्रेको छ । यिनीहरु एक साताको बीचमा गौशाला क्षेत्रभित्रबाट समातिएका हुन् ।

लागू औषध बिक्री–वितरणमा पनि किशोर नै अगाडि

पकेटमारी तथा चोरी मात्रै होइन, लागू पदार्थ सेवन तथा बिक्री वितरणमा पनि किशोरहरुको संलग्नता अत्यासलाग्दो देखिएको छ । गौशाला प्रहरीले पछिल्लो १ सातामा सञ्चालन गरेको अर्को अभियानका क्रममा ४ जना पक्राउ परे । रोचक के छ भने यो अभियानका क्रममा समातिनेमा पनि अधिकांश किशोर नै छन् ।

लागू औषध सेवन तथा बिक्री–वितरण आरोपमा पक्राउ पर्नेमा रुकुम मुसिकोट १ घर भई हाल कीर्तिपुर बस्ने १८ वर्षीय सुनिल थापा, सिन्धुली हतपतेका वर्ष १७ का विशाल तामाङ, भारत दार्जलिङ घर भई पशुपती बस्ने वर्ष २१ का लाक्पा शेर्पा र कैलाली टिकापुर नगरपालिका घर भई हाल चाबहिल बस्ने वर्ष ३५ का कर्णप्रसाद चौलागाई छन् । पक्राउ परेका उनीहरुलाई प्रहरीले आवश्यक कारबाहीका लागि प्रक्रिया अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment