+
+

गुल्मीको नयाँ सीडीओमा यदुनाथ पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २२ गते १५:३४

२२ असार गुल्मी । गुल्मिमा नयाँ प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल आएका छन् । शुक्रवार जिल्ला प्रशासन कार्यालय गुल्मीमा पत्रकारहरुसँग परिचयात्मक कार्यक्रमसँगै अन्तरक्रियासमेत गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी पौडेलले पत्रकारहरुबाट जिल्लाको समग्र जानकारी तथा सुझावहरु लिएका थिए । संचारकर्मीसँग कुरा गर्दै प्रजिअ पौडेलले जिल्लामा केही नयाँ गर्ने योजना बनाएकाले त्यसमा पत्रकारहरुले सहयोग गर्न आग्रह गरे ।

उनले प्रशासनिक कामको सुधारसँगै अरु धेरै कामहरु सुधार ल्याएर सेवा ग्रहीलाई सेवामैत्री बातावरण तयारमा ध्यान दिने बताए ।

भेटघाटको क्रममा पत्रकारहरुले गुल्मी जिल्ला लोड सेडिङ्गमुक्त जिल्ला भएपनि बेला बेलामा विद्युत अनियमित हुँदा यहाका सञ्चार माध्यमहरु सञ्चालन गर्न कठिनाइ भएको गुनासो गरेका थिए ।

पत्रकारहरुले स्थानीय तहले आफै योजना बनाउने आफै अनुगमन गर्ने परिपाटी गरेकाले त्यसमा प्रशासनले ध्यान दिनसमेत सुल्झाएका थिए ।

बजारमा औषधि पसलको अनुगमन पनि नहुने र जथाभावी बिज्ञापन बजाएर बिरामीलाई दुःख दिने गरेको प्रति प्रजिअको ध्यानाकर्षर्ण गराएका थिए ।

प्रमुख जिल्ला अधिकारी पौडेलले पत्रकारले उठाएका बिषय बस्तुमा आफनो ध्यान जाने र आगामी दिनहरुमा सुझाव सल्लाह दिनसमेत आग्रह गरेका थिए ।

गएको असार १३ गते यस अघिका प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मा सेवा निबृत्त भएपछि रिक्त पदमा प्रमुख जिल्ला अधिकारी पौडेल गुल्मी आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?