Comments Add Comment

रुखमा च्यापिएर बाजुरामा २ मजदुरको मृत्यु

आफैंले चलाएको ट्याक्टर पल्टिएर चालकको ज्यान गयो


२३ असार, बाजुरा । गौमुलगाउँपालिका–३ गर्जेमा काठ चिर्न गएका दुई मजदूरको रुखले च्यापेर मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

गर्जेरातिमाटामा पानीको ट्याङ्की नजिकै पाल टाँसेर बसेका बेला गए राति रुख भाँचिएर सो दुर्घटना भएको मृतकका आफन्त तुलाबहादुर रोकयाले बताए ।

मृत्यु हुनेमा सोही वडाका २२ वर्षीय भीमबहादुर बोहरा र २३ वर्षीय धर्मबहादुर बोहरा रहेको आफन्त रोकायालाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

गम्भीर घाइते खण्टे बोहरालाई उपचारका लागि आफन्तले जिल्ला अस्पताल ल्याउन लागेका छन् । घटनाको थप जानकारी लिन जिप्रकाको टोली घटनास्थल पठाइसकिएको प्रनाउ बोहराले बताए ।

आफैंले चलाएको ट्याक्टर पल्टिएर चालकको ज्यान गयो

यसैबीच, महोत्तरीको मनरासिस्वा नगरपालिकामा गएराति आफैं चलाएको ट्र्याक्टरमा चेपिएर ट्र्याक्टर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मनरासिस्वाँ नगरपालिका–७ बस्ने सत्यनारायण मण्डलका छोरा ट्र्याक्टर चालक मनोज रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले बताए ।

गएराति ८ः३० बजे मनरासिस्वाँ–६ बस्ने विनोद साहको ज१त ४३२८ नंको ट्याक्टरले खेत जोतेर घर फर्किरहेका अवस्थामा मनरासिस्वाँ–६ मै पर्ने वनमा ट्र्याक्टर अचानक अनियन्त्रित भई पल्टिँदा ट्र्याक्टर चलाउने चालक मण्डलको सोही ट्र्याक्टरमा चेपिएर गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते चालकलाई उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याई प्राथमिक उपचारपछि थप उपचारका लागि अञ्चल अस्पताल जनकपुर लगिएकामा उपचारकै क्रममा राति नै मृत्यु भएको प्रहरी उपरीक्षक कडायतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment